admin 377 Views
काठ्माण्डौ । देशमा परिवर्तित राजनीतिक परिस्थितीमाँझ पूर्वराजा ज्ञानेन्द्र शाह एकाएक सक्रिय भएका छन् । एमाले, माओवादी केन्द्रबीच एकता भइ शक्तिशाली कम्युनिष्ट पार्टी बनेको र दुई तिहाई मत सहित सरकार बनाएपछि अहिले राजा र नेपाली कांग्रेस आत्तिएको छ ।
राजाको भक्तिगान गर्न गणतन्त्र पछि पनि पछि नपरेको नेपाली सेनालेपनि यो बाम सरकारलाई कही न कतै असयोग गर्ने मनासय बोकेको आरोप लगाइन्छ।
शक्तिबीचको वाम एकताले बढ्दो राजनीतिक धुव्रीकरणको अवस्थामा पूर्वराजाले कडा कदम चाल्ने तयारी गरेको एक विश्वस्त स्रोतले बतायो । यसका लागि उनले प्रमुख दल नेपाली कांग्रेस र प्रमुख सुरक्षा निकाय नेपाली सेनालाई आफ्नो पक्षमा पारेर अघि बढ्ने निश्कर्षमा पुगेका छन् ।
अहिलेको राजनीतिक समिक’रणका कारण अब कांग्रेसलेपनि धर्म र राजाको कुरा बोक्न स’क्छ भन्ने निश्कर्ष निकाल्दै अब राजाले कांग्रेसलाई हिन्दु राज्य र रा’जतन्त्रको भारी बोकाएर अघि बढ्न छलफल अघि बढाएका छन् । यसका लागि नेपाली कांग्रेसका महामन्त्री शशांक कोइ’रालासँग नि’कटहरुसँग छलफल गरिसकेका छन् ।
कांग्रेसनिकट उच्च स्रोत’का अनुसार वाम एकतापछि पूर्वराजा ज्ञानेन्द्र शाहका सहयोगी (सचिवहरु), कांग्रेसका शीर्ष नेताहरु र प्रधानसेनापति निकट सेनाका उच्च अधिकारी (जर्नेलहरु) बीच अज्ञात ठाउँमा गोप्य वार्ता भएको छ । वार्तामा राजाले यो समयमा चाल्ने सम्भावित कदम, कांग्रेस र सेनाको साथका विषयमा छलफल भएको बताइएको छ ।
बैठकमा पूर्वराजाका सहयोगीहरुले ‘राजसंस्था फर्काउन उहाँ कडा कदम चाल्ने तयारीमा हुनुहुन्छ, तपाईहरुको भुमिका के हुन्छ ? सहयोग चाँहियो’ भनेर ज्ञानेन्द्र शाहको आग्रह सुनाएका थिए । जवाफमा कांग्रेसका शीर्ष नेता र सेनाले सकारात्मक प्रतिक्रिया जनाएको स्रोतको दाबी छ ।
कांग्रेस नेताहरुले ‘वामहरुको हातमा अब सदयौँ सम्म देश गइसकेको छ । अब फर्काउन सबै एक भएर अघि नबढे कठिन छ भन्ने निश्कर्ष निकालिएको छ । विपी कोइरालाको सिद्धान्त (कम्युनिष्टभन्दा राजा राम्रो, राजा विनाको नेपाल परिकल्पना नै गर्न सकिदैन्) अनुसार अघि बढ्नुपर्छ ।
यदि साँच्चिकै राजसंस्था फिर्ता गर्नुछ भने यो भन्दा राम्रो समय अब कहिल्यै आउँदैन् । मौका यही हो चौका हानिहाल्नुस्’ भन्ने आफ्नो समर्थनसहितको धारणा राजाका सहयोगीलाई सुनाएका थिए ।
बैठकमा सेनाका जर्नेलहरुले पनि उपयुक्त समयमा पूर्वराजा चालिएको जुनसुकै क’दमलाई नेपाली सेनाले साथ, समर्थन रहने भन्दै जर्नेलहरुले सुनाएका थिए । उनीहरुले आफूहरुको चाहना हिन्दू राष्ट्र भइदिए हुन्थ्यो भन्ने रहेको भन्दै राजा आए त्यसले झनै सुनिश्चित गर्ने भएकाले आफूहरु सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए ।
आफ्नो प्रस्तावमा कांग्रेस र सेना सका’रात्मक भएपनि पूर्वराजा शाह आवश्यक कदम चाल्न थप उत्साहित भएको स्रोतको भनाई छ । स्रोतका अनुसार राजाले सम्भावित कदमलाई संकेत गर्दै पछिल्लो समय वक्तव्यबाजी गरिरहेको बुझिएको छ । विभिन्न अन्लाईन मिडियाहरुको सहायतामा तयार ।
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)