“नेविसंघका महामन्त्री तिमिल्सिना, वडामै पराजित, पूर्व जिल्ला सभापति पनि हारे”
2021, September 22nd, Wednesday

हाम्रो खबर संबाद दाता

“नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का महामन्त्री बलदेव तिमिल्सिना क्षेत्रीय प्रतिनिधिमा पराजित भएका छन् । सिन्धुपाल्चोकमा मंगलबार भएको वडा अधिवेशनमा कृष्णप्रसाद सिटौलानिकट तिमिल्सिना वडामै पराजित भएका हुन् ।”

“सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी वडा – ३ का तिमिल्सिनाले ७७ मत मात्र प्राप्त गरेका थिए । उनलाई पराजित गर्ने १७ मत बढी पाएका थिए । यस्तै पूर्व जिल्ला सभापति भूपेन्द्र थापा क्षेत्रीय प्रतिनिधिमै पराजित भएका छन् । सिन्धु काठमाडौँ सम्पर्क समितिका अध्यक्ष सोनाम थिङ पनि वडाबाट माथि आउन सकेनन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उनीहरू बाह्रबिसे नगरपालिका वडा ३ मा पराजित भएको हुन् ।”

“यस्तै सुनकोशी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पौडेल र सिन्धुपाल्चोक महिला संघकी जिल्ला अध्यक्ष गीता नेपालले पनि क्षेत्रीय प्रतिनिधिमा पराजित हुन परेको छ । सिन्धुपाल्चोकमा केन्द्रको संस्थापन पक्षले जिल्लाको स्थापन पक्षका प्रमुख नेताहरूलाई वडामै रोकिदिएको छ ।”

“घर्तीमगर देउवा नेतृत्वको तत्कालीन काँग्रेस प्रजातान्त्रिकको जिल्ला सभापतिका भएका थिए ।  साबिकको घर्तीगाउँ गाविसका पूर्व अध्यक्ष घर्तीमगर १२ औँ अधिवेशनमा जिल्ला सभापतिमा पराजित भएका थिए ।”

“यस्तै वर्तमान जिल्ला सचिव मोहन परियार पनि त्रिवेणी गाउँपालिका–३ मा पराजित भएका छन् ।”

तपाईको प्रतिक्रिया