हाम्रोखबर संवाददाता 47 Views
“काठमाडौं, ५ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी कमिटीमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा भारत र अमेरिका प्रति असन्तुष्टि पोखेका छन् । उनले पुराना घटना उल्लेख गर्दै भारतमाथि संविधान जारी गर्नबाट रोक्न खोजेको आरोप लगाएका छन् । अमेरिका अफगानिस्तानमा पराजित भएको विश्लेषण गर्दै भूराजनीतिक अवस्था र सम्भावनाबारे उल्लेख गरेका छन् ।”
“ओलीको प्रतिवेदनमा भारतले २०७२ सालमा संविधान जारी गर्न रोक्न खोजेको उल्लेख छ । संविधान जारी गर्न लाग्दा १ असोज २०७२ मा भारतका तत्कालीन विदेश सचिव एस जयशंकर विशेष दूत बनेर आएको र संविधान जारी नगर्न धम्की दिएर गएको प्रतिवेदनमा उल्लेख गरेका छन् । अहिले जयशंकर भारतका विदेशमन्त्री छन् ।”
“अफगानिस्तानको घटनाबारे पनि ओली बोलेका छन् । उनले अमेरिका अफगानिस्तानबाट हट्नुलाई उसको पराजय भन्दै विश्लेषण गरेका छन् । राजनीतिक प्रतिवेदनमा अफगानी भूमिबाट अमेरिका पलायन हुनु भियतनाम युद्धको जस्तै पुनरावृत्ति भनेका छन् । यसलाई अमेरिकाको ठूलो असफलता र पराजय भनेका छन् । अफगानिस्तानको घटनाको बाछिटा दक्षिण एशियामा पर्न सक्ने सम्भावना पनि औल्याएका छन् ।”
“ओलीको प्रतिवेदनमा चीनसँग सम्बन्ध विस्तारमा जोड दिइएको छ । तर, भारतसँग सीमा समस्याको कुरा उठाइएको छ । उनले चीनसँग सीमा समस्याको कुनै विषय उल्लेख गरेका छैनन् । ओली आफैले चीनसँग कुनै सीमा समस्या नभएको भन्दै आफ्नो सरकारका पालामा परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिको बचाऊ विगतमै गरिसकेका छन् ।”
“राजनीतिक प्रतिवेदनमार्फत् ओलीले विदेश सम्बन्धमा चीनसँगको निकटता र सम्बन्ध विस्तारको सन्देश दिएका छन् । तर, भारतसँग उनको असन्तुष्टि प्रकट भएको छ । अमेरिका अफगानिस्तानमा पराजित भएको शब्द नै उल्लेख गरेका छन् । यसबाट उनी चीनसँग सन्तुष्ट देखिएका छन् । भारत र अमेरिकासँग असन्तुष्टि प्रकट गरेका छन् ।”
“आफ्नो नेतृत्वको सरकार ढल्नुमा पनि उनले भूराजनीतिक असर रहेको संकेत गरेका छन् । उनको संकेत अमेरिका र भारतप्रति छ । यी देशप्रति उनी पछिल्लो समय कडा रुपमा प्रस्तुत हुँदै गएका छन् । विगतमा अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित गराउन आफै सक्रिय देखिएका ओली पछिल्लो समय पछि हट्न खोजेका छन् । यसलाई उनको यु टर्न मानिएको छ ।”
“शेरबहादुर देउवा नेतृत्वको सरकारले चीनसँगको सीमा समस्याबारे अध्ययन कमिटी गठन गरेकोमा पनि ओलीले आपत्ती जनाएका थिए । उनले कसैलाई खुशी पार्न यसो गरिएको भनेका थिए । भारत र अमेरिकालाई खुशी पार्न देउवाले यो कदम चालेको ओलीको आशय थियो ।-File Photo
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)