“ओलीले तस्रो धारका, नेतालाई प्रचण्डको, मतियार बनेर मेरो सरकार ढाल्ने, तिमीहरुनै हौ भन्दा ,पनि चुइँक्क बोल्न सकेनन्”
2021, September 21st, Tuesday

हाम्रो खबर संबाद दाता

“लामो समय माधव नेपालको साथमा रहेका तर एमाले विभाजन हुँदा माधव नेपाल सँग नगएर एमालेमै बसेका १० भाइ नेताहरु माथी एमाले अध्यक्ष केपी ओलीले ग,म्भिर आ,रोप लगाएका छन् ।”

“लिखित प्रतिवेदनमा एमाले अध्यक्ष ओलीले अहिले एमालेमै रहेका १० जनालाई आफ्नो सरकार बन्न प्रचण्डको मतियार बनेको आरोप लगाएका छन्। ओलीले लगाएको आरोप लिखित भएकाले यो अब पार्टीमा दस्तावेजको रुपमा रहने छ।”

“अध्यक्ष ओलीले माधव नेपालको साथ छाडेर एमालेमै बसेका तेस्रो धारका नेताहरुमाथि आफू नेतृत्वको सरकार ढाल्ने मुख्य योजनाकार भएको आरोप लगाएका छन्।”

“आगामी विधान महाधिवेशनका लागि तयार पारेको राजनीतिक प्रतिवेदनमार्फत ओलीले १० बुँदे सहमति गरेर अहिले पार्टी एकताको पक्षमा उभिनेहरु नै पार्टीको नीति र नेतृत्व विरुद्ध अन्त्यहीन गुटबन्दीमा संलग्न भएको आरोप लगाएका हुन्। आफ्नो सरकार विस्थापित गर्ने योजनाकार र पुष्पकमल दाहालका सारथी बनेर काम गरेको आरोप ओलीको छ।”

“विभाजनका योजनाकार नवौं राष्ट्रिय महाधिवेशनदेखि नै पार्टीका नीति र नेतृत्वविरुद्ध अन्त्यहीन गुटबन्दी, किचलो र असहयोगमा संलग्न थिए’, एमालेको जारी स्थायी कमिटी बैठकमा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा उल्लेख छ, ‘यिनीहरू नै २०७२–७३ मा सञ्चालित नेकपा (एमाले) नेतृत्वको सरकारलाई विस्थापित गर्ने भित्री योजनाकार थिए र नेकपालाई सके कब्जा नभएर विभाजित गर्ने पुष्पकमल दाहालको अभियानका सारथी पनि।”

“उनले १० बुँदे सहमति गरेर एमालेमा बसेकाहरुलाई फेरि पनि विश्वास गर्न सकिने अवस्था नरहेको पनि संकेत गरेका छन्। १० बुँदे सहमति गर्नेहरुमा माधवकुमार नेपाल निकट रहेका उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त थिए।”

“ओलीको कार्यशैलीको चर्को विरोध गर्दै आएका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सचिव भीम आचार्य र योगेश भट्टराई सोही १० बुँदे सहमतिका आधारमा पार्टी एक भएको भन्दै एमालेमै छन्।”

तपाईको प्रतिक्रिया