“हिमानीको एकाएक, देशभरी प्रशंसा, यसरी जितिन् सिंगो, देशबासीको मन”
2021, September 21st, Tuesday

हाम्रो खबर संबाद दाता

“पूर्वयुवराज्ञी हिमानी शाहले आज गजबको कामा गरेकी छिन् । हिमानीको आजको कामले सिंगो देशबासीको मन जितेको छ । उनको चौतर्फी प्रशंसा भइरहेको छ ।”

“ठूलै सुखसयल या भव्य दरबारमा मस्तीले बसेर घाम, पानी, हिलो, धुलो नगरी पनि उनको जीन्दगी आरामले चल्न सक्छ तर उनले त्यो बाटो रोजिनन् दुर्गम बस्ती सम्म पुगेर जनताको सुख दुखमा जोडीन औधी रुचाउँछिन् हिमानी”

“पूर्व युवराज्ञी हिमानी शाह आइतबार जनकपुरधाम पुगेकी छिन् । हिमानी ट्रस्टले सोमबार आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेकी हुन् । जनकपुरधाम पुगेसँगै उनले आइतबार नै जानकी मन्दिरमा विशेष पूजा आराधना गरेकी छिन् । पूजा आराधनाका लागि विशेष प्रबन्ध मिलाइएको थियो ।”

“आफ्नो संस्था हिमानी ट्रष्टको तर्फबाट हिमानीले त्यहाँको सकल भवन कन्या माध्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई पानी स्वतः शुद्ध हुने बोतल वितरण गरेकी छिन् । उक्त बोतलमा अशुद्ध पानी राखेपनि पानीमा भएको ब्याक्टेरिया, आरसेनिकलगायतका पदार्थ नष्ट हुने भएकोले बोतलमा राखेपछि पानी पिउन योग्य हुने ट्रस्टको प्रतिनिधि उत्तम निरौलाले बताए ।”

“यसै क्रममा, हिमानीले कन्या माध्यमिक विद्यालयमा अध्ययनरत छात्रासँगै बेन्चमा बसेर अन्तरक्रिया गरिन् । साधारणतया सर्वसाधारणसँग खासै कुराकानी नगर्ने हिमानीले भने यसपटक आफूसँगै बसेका तीनजना छात्रासँग पढाइकै विषयमा कुराकानी गरिन् । उनले छात्रालाई पालैपालो ‘कुन विषय मनपर्छ ’ भनेर प्रश्न सोधिन् ।”

“जवाफमा छात्राले ‘म्याथ र साइन्स’ भने । साथै म्याथ र साइन्स गाह्रो हुने एक छात्राले हिमानीलाई बताइन् । हिमानीले छात्राको कुरामा सहमति जनाउँदै हाँस्दै भनिन्, ‘हो मलाई पनि गाह्रो भएको थियो ।’विद्यालयका एक प्रतिनिधिले हिमानी समक्ष विद्यालय समयमा छात्राले भोग्नुपरेका विभिन्न समस्याबारे समेत अवगत गराए ।”

“हिमानीलाई धेरैले मृदुभाषी समेत भन्छन् । उनले कार्यक्रमका बेला गर्ने सम्बोधन तथा भाषणमा पनि धेरैले रुची राख्छन् । हिमानी ट्रष्टको अध्यक्षता गरिरहेकी उनी नेपालका दुर्गम जिल्लामा थुप्रै पटक सहयोग सामग्री लिएर पुग्ने गरेकी छिन् । हिमानी​लाई थुप्रैले बाहिरी र भित्री दुबै रुपमा सुन्दर भएको बताउने गर्छन् । उनको सामाजिक कार्यसँग जोसुकै अवगत छन् ।”

तपाईको प्रतिक्रिया