“भगौडा हरु जादा, एमालेलाई कुनै, असर गरेन, माओवादीका सबै,अब एमालेमा,आउँछन् : महेश बस्नेत”
2021, September 21st, Tuesday

हाम्रो खबर संबाद दाता

काठमाडौँ नेकपा एमालेका युवा नेता महेश बस्नेतले कम्युनिस्ट पार्टी नेताहरुकै स्वार्थले टुक्रिने गरेको भन्दै माओवादीका कार्यकर्ता एमालेमा समावेश गर्ने चरण सुरु भएको दाबी गरेका छन् ।;

“नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले कार्यकर्ता एकीकृत हुँदा टकराब नहुने र पार्टी पनि बलियो हुने भएकाले प्रचण्ड–माधव निस्केपछि एमाले बलियो बन्दै गएको बताए ।”

“हामीले नेता मिलाएर एकता गर्न खोज्दा पार्टी मिलेन । यो एमाले नेकपा एकताको एमाले हो भन्ने कुरा यहाँ रामबहादुर थापा‘बादल’ कमरेडहरुको उपस्थितिले पुष्टि गरेको छ । निजामति कर्मचारीका प्रचण्ड पक्षमा रहेका ५१ प्रतिशत साथीहरु यहाँ जोडिनुभएको छ । अब तलैसम्म कार्यकर्ता मिलाउने हो,” बस्नेतले भने ।”

“एमाले हात्ती जत्रो पार्टी भएको र माधव नेपालहरु भुसुना जस्तो भएको उनले बताए । विभाजनले एमालेलाई कुनै असर नगरेको बस्नेतले बताए ।”

“बस्नेतले प्रचण्डले आफू विस्तारै एक्लै पर्न थालेको गुनासो गरेको भन्दै सेनाविहीन सेनापति बन्नु भन्दा पहिले नै गल्ती स्वीकार गरेर एमालेमा फर्किन आग्रह गरे ।”

“उनले भने– माओवादी केन्द्र प्रचण्डले भने जस्तै विघटन हुँदैछ ,पेशागकर्मी र मतदाताको स्तरमा विघटित भइसकेको छ । त्यो पंक्ति एमालेमा आबद्ध भइसकेको छ । गल्ती सच्याएर, कान समातेर एमालेमा आउनुस्, अझै पनि डिप्रिसियसन धेरै काटिएको छैन । नत्र जति ढिला गर्यो उति तपाई‌को सान्दर्भिकता सकिनेछ ।”

तपाईको प्रतिक्रिया