“परमादेश,सरकार, बनेपछिको अर्जुन ,पराजुलीको पहिलो, कविता, नै भाइरल”
2021, September 20th, Monday

हाम्रो खबर संबाद दाता

“निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई कविता नै लेखेर हायलकायल बनाएका कवि अर्जुन पराजुलीले देउवा सरकार विरुद्ध पनि कविता लेख्न थालेका छन् ।”

“परमादेश बाट शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ७० दिन सम्म गायब भएका अर्जुन पराजुली एकाएक हिजो बाट प्रकट भएका छन् । देउवा सरकार बनेपछिको अर्जुनको पहिलो कवितानै अहिले भाइरल भएको छ ।”

“आज सम्म चुपचाप बसेका कवि पराजुलीले एकै पटक परमादेश बाट बनेको सरकारलाई पुग्ने गरि दनक दिएका छन् । सेतो कापीमा कालो कलमले हस्तलिखित कविताका माध्यम बाट शासकको मथिन्गल हल्लाउँन सक्ने उनको कबिताले फेरी चर्चा पाएको छ।”

“हिजो संविधान दिवसका अवसरमा देउवा सरकारले बाँढेको तम्माका बारेमा चौतर्फी विवाद र आलोचना भइरहेका बेला कवि पराजुलीले यस बारेमा तिखो कविता लेखेका छन् । पराजुलीको कबिता हेरेपछि तक्मा घाँटीमा भिरेर हिड्नेहरुको पनि लाजले शीर निहुँरने अवस्था आएको छ ।”

“कवि अर्जुन पराजुलीको कविता यस्तो छ”

“रोचक कुरा के छ भने यस अघि अर्जन पराजुलीका कविता ओली विरोधीले सेयर गरेर भाइरल बनाउँथे भने अहिले अवस्था फेरिएको छ ओली समर्थकले कविता सेयर गरेर भाइरल बनाइरहेका छन् देउवा प्रचण्ड समर्थक मन खुम्चाएर बसिरहेका छन् ।”

तपाईको प्रतिक्रिया