“प्रचण्ड र देउवाको पछि लाग्दा, चित्र बहादुर केसीले खाए अकल्पनीय, धक्का”
2021, September 20th, Monday

हाम्रो खबर संबाद दाता

“परमादेश बाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँन दिलो ज्यानले लागेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ठूलो धक्का खाएका छन् ।”

“राष्ट्रिय जनमोर्चा आफ्नो विचार बाट विचलन भएको र काग्रेस माओवादीको पुच्छर भएको भन्दै जनमोर्चा बाट ठूलो संख्यामा नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । कर्णाली प्रदेशको त प्रदेश अध्यक्ष नै एमाले प्रवेश गरेका छन् ।”

“नेकपा एमालेका केन्द्रिय सदस्य एवं प्रचार विभाग उपप्रमुख सुर्य थापाले दिएको जानकारी अनुसार जनमोर्चा कर्णाली प्रदेश अध्यक्ष भरतबहादुर शाही, दैलेख जिल्ला अध्यक्ष अम्बरबहादुर नेपाली,उपाध्यक्ष कबिराज खत्री,सचिव सुरतबहादुर रावत, सहसचिव नवीन भट्टराई, सल्लाहाकार संयोजक पूर्णबहादुर शाही तथा सदस्य ओम रावल लगायत सिङ्गो जिल्ला र पालिका तहका कमिटी सहित सयौ नेता तथा कार्यकर्ताहरू आज नेकपा एमालेमा प्रवेश गरेका छन् ।”

“जनमोर्चा छोडेर एमाले प्रवेश गर्नेहरुलाई आज एक कार्यक्रमका विच एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए । एउटै प्रदेश बाट यति ठूलो संख्यामा नेता कार्यकर्ताले पार्टी छोड्दा कर्णालीमा लगभग जनमोर्चा कोल्याप्सनै हुने अवस्थामा पुगेको बताइन्छ ।”

“केहि समय अघि सम्म जनमोर्चाको पार्टी सानो भए पनि अडान र दृष्टिकोणका हिसाब ले सहि पोजिसन भएको तर पछिल्लो समय परमादेश बाट सरकार बनाउँन जोडतोडले लागेर देउवा र प्रचण्डको बैशाखी टेकेर हिड्न थाले पछि नेता कार्यकर्तामा वितृष्णा बढेको बताइन्छ ।”

“कर्णाली जस्तै अन्य प्रदेशहरु बाट पनि छिट्टै नै ठूलो संख्याले विद्रोह गरेर एमाले प्रवेशको तयारी गरिरहेको खबर छ । यो पटक नेता कार्यकर्तालाई रोक्न चित्रबहादुर केसीलाई निकै कठिन हुने देखिन्छ । देउवा र प्रचण्डलाई बचाउँन खोज्दा आफ्नो अस्तित्व भने समाप्त हुने जोखिम जनमोर्चालाई आएको छ ।”

तपाईको प्रतिक्रिया