“संसदमा र’क्त, पात हुन सक्छ ,यसको जिम्मा अग्नी सापकोटा र माधव नेपालले’लिनुपर्छ :डा सुरेन्द्र केसी”
2021, September 20th, Monday

हाम्रो खबर संबाद दाता

“चर्चित राजनितिक विश्लेषक डा सुरेन्द्र केसीले संसदमा जारी अवरोध रक्त पातमा गएर टुंगिने बताएका छन् ।”

“आफुले पहिले देखी नै भन्दै आएको र यसको अर्को बाटो नभएको भन्दै डा केसीले संसदमा सत्तापक्ष र प्रतिपक्षी जसरी प्रस्तुत भइरहेका छन् यसको अन्त्य र’क्त पात भएर मात्रै हुने डा केसीले ठोकुवा गरेका छन् ।”

“ओटीभी नेपाल डक कम सँगको विशेष कुराकानीमा विश्लेषक डा केसीले संसदीय व्यवस्थाकै धज्जी उडाउँने गरी नांगो नाच संसदमा ‘चलिरहेको भन्दै सभामुख अग्नी सापकोटाले अभिभावकिय भूमिका निर्वाह गर्न नसक्दा यस्तो अवस्था आएको बताए ।”

“संसदमा सभामुखको भूमिका समन्वय गर्ने र अभिभावकिय हुनु पर्ने तर सभमुख सापकोटाले एमाले फुटाउँने मतियारको रुपमा काम गरेका छन् । त्यसैले यो सब भइरहको छ । डा केसीले भने । अग्नी सापकोटको भूमिका सभामुख भन्दा पनि प्रचण्डको कार्यकर्ता नै जस्तो देखिएको डा केसीको मत छ ।”

“संसदमा यस्तो अवस्था आउँनुको मुख्य जिम्मेवार माधव नेपाल पनि रहेको डा केसीको जिकीर छ । माधव नेपालको एमाले फुटाउँने हर्कत गलत भएकै कारण यस्तो भएको केसीको धारणा छ । उनले भनेका छन् म भन्छुनी नी त्यसकारण माधव नेपालको पार्टी फटाउँने कदम गलत छ यो सब उनकै कारण भइरहेको छ ।”

“यस अघि पनि एमालेले ५७ दिन सम्म संसद अवरोध गरेको स्मरण गर्दै डा केसीले संसद अवरोध गराउँन सिकाउँने गुरुनै माधव नेपाल भएको बताएका छन् ।तत्कालिन अवस्थामा माधव नेपाल एमालेको महासचिव हुँदा एमालेले लामो समय संसद अवरोध गरेको भन्दै यो सिकाउँने नै माधव नेपाल हो डा केसीले भनेका छन् ।”

“माधव नेपालको एमाले विभाजन गर्ने कदम र सभामुख अग्नी सापकोटाले एमाले फुटाउँने मतियाारका रुपमा काम गरेकाले यस्तो अवस्था आएको भन्दै डा केसीले अझै खराब दृश्य संसदमा देख्नु पर्ने दावी गरेका छन् ।”

“राजनितिक विश्लेषक डा सुरेन्द्र केसी सँग ओटीभी नेपालले गरेको कुराकानी हेर्नुहोस्”

तपाईको प्रतिक्रिया