“गंगा चौधरीको यस्तो, खुलासाले आज, पनि अग्नी सापकोटाको दाँत ,बाट पसिना छुट्ने पक्का”
2021, September 20th, Monday

हाम्रो खबर संबाद दाता

“प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफुले कारबाही गरेका माधव नेपाल सहितका १४ जना सांसदहरुलाई सभामुख अग्नी सापकोटाले कारबाही नगरेको भन्दै संसद अबरोध जारी राखेको छ ।”

“नेकपा एमालेकी नेतृ एवं प्रतिनिधी सभाकी सदस्य गंगा चौधरीले सभामुख सापकोटाले १४ जना गैर सांसदहरुलाई कारबाही गरेको सुचना नसुनाउँने बेला सम्म कुनै हालतमा पनि संसद चल्नै नदिने बताएकी छिन् ।”

“संवाद चौतारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चौधरीले अग्नी सापकोटा गुरिल्ला पारामा संसदमा प्रस्तुत भएको बताइन् । संसदीय मुल्य, मान्यता र आर्दशलाई कुल्चँदै मात्र प्रचण्डको कार्यकर्ता भएर गुरिल्ला शैलीमा अग्नी सापकोटा प्रस्तुत भएको आरोप चौधरीको छ ।”

“एमालले निरन्तर दवाव दिँदा पनि अग्नी सापकोटाले कारबाही नगेरको भन्दै चौधरीले संसद नचलेका बेला सभामुखलाई भेट्न जँदा त झनै अचम्मको व्यवहार गरेको खुलासा गरेकी छिन् । त्यस बेला सापकोटाले थरथर काम्दै म कारबाही गर्दिन के गर्नु हुन्छ भन्दै गुरिल्ला पारा देखाएको चौधरीको आरोप छ ।”

“यस अघि संसद बैठकमा पनि गंगा चौधरीले संसदमा प्रभावकारी भुमिका निर्वाह गरेकी थिइन् । उनको प्रस्तुतीबाट देशभरका एमाले कार्यकर्ताहरु खुशि भएका छन् । मर्यादापालकको ठूलो भिड छिचोलेर रोस्टम तर्फ लम्किएको उनको तस्बिर निकै भाइरल भएको थियो ।”

“प्रतिनिधी सभाको बैठक अहिले विहान ११ बजे बस्दै छ । सत्ता पक्ष र प्रतिपक्ष दुवैले आजको बैठकलाई आफ्नो प्रतिष्ठा सँग जोडेका छन् । एमालेले कुनै हालतमा पनि संसद अवरोध गर्ने जनाएको छ भने सत्तापक्षले बजेट पास गर्नै पर्ने भएका कारण पेलेरै जाने तयारी गरेको छ ।”

“आजको संसद बैठकलाई निकै चासोका साथ हेरिएको छ ।

तपाईको प्रतिक्रिया