“कमेडी च्याम्पियनका विजेता” भरतलाई योगेश भट्टराई”द्वारा एक लाख सहयोग”
2021, September 20th, Monday

हाम्रो खबर संबाद दाता

“काठमाडौं । कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणी पौडेललाई प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले रु एक लाख सहयोग प्रदान गर्नुभएको छ ।”

“गए राति कमेडी च्याम्पियन सिजन–२ को विजेता घोषणा गरिएका पौडेललाई आज रु एक लाख बराबरको चेक हस्तान्तरण गर्नुभएको छ । भट्टराईले प्रतिस्पर्धाकै क्रममा रहँदा पौडेललाई रु एक लाख व्यक्तिगत रूपमा सहयोग दिने आश्वासन दिनुभएको थियो ।”

“आफ्नो जिल्लाबाट कलाकारिता क्षेत्रमा अघि बढेका पौडेललाई प्रोत्साहन गर्न उक्त सहयोग प्रदान गरेको भट्टराईले बताउनुभएको छ ।”

“ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित दोखु घर भएका पौडेललाई विजेता बनेकोमा बधाइ तथा शुभकामना दिँदै भट्टराईले कलाकारिताको क्षेत्रबाट जिल्लाको पहिचान र गरिमा बढाउन पौडेलद्वारा सहयोग पुग्ने विस्वास व्यक्त गर्नुभयो ।”

तपाईको प्रतिक्रिया