“राजनितीमा, नाटकिय खेल ,तत्काल, संसद विघठन, गर्दै देउवा चुहियो, गोप्य सुचना “
2021, September 19th, Sunday

हाम्रो खबर संबाद दाता

“प्रधानमन्त्री नियुक्त भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जति सक्दो चाँडो संसद बिघटन गरेर चुनावमा जान चाहेको रहस्य बाहिरिएको छ । राजनितिक बिश्लेषक ललन चौधरिले देउबाले संसद बिघटन गर्न लागेको बताएका हुन् । परमादेश बाट प्रधानमन्त्री बनेको २ महिना सम्म पनि मन्त्रीपरिषद विस्तार गर्न नसकेर चेपुवामा परेका प्रधानमन्त्री देउवाले अर्ली इलेक्सन घोषणा गर्न लागेको खबर बाहिरिएको छ ।”

“नेकपा एमाले विभाजन गर्न ल्याएको अध्यादेश नै अहिले सत्तारुढ गठबन्धनलाई गलपासो बनेको छ । यथाअवस्थामा मन्त्रीपरिषद विस्तार गर्दा जसपा , माओवादी केन्द्र र काग्रेस समेत विभाजन हुने करिब पक्का जस्तै देखीएको छ ।”

“माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालले सरकार विस्तार गरौँ भनेर देउवालाई अनुरोध गरेका छन् तर जसपाका बावुराम भट्टराई र उपेन्द्र यादवले अहिले विस्तार नगर्न देउवालाई खबरदारी गरिरहेका छन् ।”

“उपेन्द्र बावुरामको कुरा माने जस्तो गरेर देउवाले पनि मन्त्रीपरिषद अहिले विस्तार नगेर्ने भएका छन् , देउवाको दाउ भने अर्कै रहेको चर्चा राजनितिक बजारमा व्यापक रुपमा चलेको छ । जती छिटो अर्लि इलेक्सनमा जान देउवा हतारिएको खबर छ ।”

“सरकार चलाएको दुई महिनामै धेरै आलोचित भएको र अब लामो समय थेग्न नसकिने निचोडमा देउवा पुगेका छन् । उनलाई काग्रेसका सिनियर नेताहरुले पनि त्यहि सुझाव दिइरहेका स्रोतको दावी छ । अर्लि इलेक्नसकै लागी उपयुक्त साइत हेर्न समेत देउवाले ज्योतिषलाई भनिसकेको सम्म चर्चा बजारमा छ ।”

तपाईको प्रतिक्रिया