“मन्त्री र सांसदहरुले, संविधानलाई कालो, दिवसको रुपमा मानाउनु, अनैतिकताको पराकाष्ठः भीम रावल,
2021, September 19th, Sunday

हाम्रो खबर संबाद दाता

“काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष भीम रावलले संविधान, अनुसारका मन्त्री, सांसद लगायतका पदहरूको उपभोग गर्ने तर संविधानविरूद्ध ‘कालो दिवस’ मनाउने कुरा गर्नुलाई अनैतिकताको पराकाष्ठा भनेका छन् ।

“मधेश केन्द्रीत दलहरूले संविधान सर्वस्वीकार्य भैनसकेको बताउँदै संविधान जारी भएको ३ असोजलाई कालो दिनका रुपमा मनाउने गरेका छन् । ,यसवर्ष पनि जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले संविधान दिवस ,नमनाउने घोषणा गरेका छन् ।

“पूर्व गृहमन्त्री समेत रहेका एमाले उपाध्यक्ष रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘संविधान अनुसारका मन्त्री, सांसद लगायतका पदहरूको उपभोग गर्ने तर संविधानविरूद्ध ‘कालो दिवस’ मनाउने कुरा गर्नु अनैतिकताको पराकाष्ठा हो ।ु

“रावलले संविधान संशोधनका कुरा गर्नेहरूले कुन धारा संशोधन गरी के राख्न खोजेको हो ,प्रष्ट पार्न पनि आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया