“परमादेश बाट प्रधानमन्त्री ,बनाइदिने चोलेन्द्र, शमशेरको गुन, यसरी तिर देउवाले,
2021, September 19th, Sunday

हाम्रो खबर संबाद दाता

“शेरबहादुर देउवालाई परमादेश बाट प्रधानमन्त्री बनाईदिने सर्वोच्च अदालतका ,प्रधान्यायाधिश चोलेन्द्र शमशेर जबरालाई देउवाले गुनको पैँचो तिरेका छन् ।

“परमादेश बाट बनेको देउवा सरकारले संविधान दिवसको अवसरमा ९ सयभन्दा बढीलाई विभिन्न मानपदवी, अलंकार र विभूषणबाट सम्मान, गर्ने भएको छ । जसमा अती महत्वपुर्ण मध्येको एक विभुषण चोलेन्द्रले पाएका छन् ।

“सबैभन्दा ठूलो विभूषण नेपाल रत्न पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईलाई दिने निर्णय सरकारले ,गरेको छ ।दोस्रो ठूलो राष्ट्र गौरव विभूषण मन्त्रिपरिषदका पूर्वअध्यक्ष सुवर्णशमसेर र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई दिने निर्णय सरकारले गरेको छ ।

“तेस्रो ठूलो महाउज्जवल राष्ट्रद्वीप प्रथम श्रेणीको विभूषण भने प्रधानन्याधीश चोलेन्द्र ,शमसेर जबरा, मोहनचन्द्र अधिकारी, तुलसीलाल अमात्य, मंगलादेवी सिंह, दुर्गानन्द झा र नारायण गोपाललाई दिने निर्णय भएको छ ।

“सुप्रसिद्ध प्रबल जनसेवा श्री विभूषण प्रदीप नेपाल, पोष्टबहादुर बोगटी, मार्शल जुलुम शाक्य र पीएल सिंहलाई तथा उज्जवल कीर्तिमय ,राष्ट्रद्वीप न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई दिने निर्णय सरकारले गरेको छ ।

“हरेक बर्ष सरकारले दिने गरेको विभषण विवादीत बन्ने गरेको छ । सम्मान विभुषण, जस्ता चिजले ठूलो गरिमा र ओज बोक्नु पर्ने हो तर राज्यले प्रदान गर्ने सम्मान पनि राम्रालाई भन्दा हाम्रालाई दिने चलन आए पछि ,सम्मान आफै पनि सम्मानीत हुन नसकेको चिन्ता विभीन्न क्षेत्रबाट प्रकट भइरहेको छ ।

“राष्ट्रपति विद्यादेवी भण्डारीले ,शितल निवासमा आयोजित विशेष समारोहमा, विभूषण प्रदान गर्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया