“करिश्मा मानन्धरको, जिद्धी- ‘केपी ओलीज्यूले, नै फोन, गर्नुभएको हो, मैले,गरेको होइन’
2021, September 18th, Saturday

हाम्रो खबर संबाद दाता

“काठमाडौं । ‘आउटगोइङ कल गइरहेको छ, कसरी ओलीले फोन गरे’ भन्ने आमप्रश्नमा अभिनेत्री करिश्मा मानन्धरले आफूलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली फोन गरेको बताएकी छन् ।”

“शुक्रबार उनले एक मिडियासँग अध्यक्ष ओलीले गरेको फोनको स्क्रिन सट आउटगोइङ कल देखिएकाले सामाजिक सञ्जालबाट हटाएको तर, फोन भने ओलीले नै गरेको उनको ढिपी छ ।”

“उनले भनेकी छन्, ‘मैले फेसबुकमा हालेको पोष्ट गलत छैन । केपी शर्मा ओलीज्यूले मलाई फोन गर्नुभएकै हो । तर, त्यहाँ आउटगोइङ कल कसरी देखियो मलाई थाहा छैन । म आफैँ अचम्मित छु ।’”

“आफू राति सुत्न जान लाग्दा अध्यक्ष ओलीको फोनको घण्टीले आएको उनले बताएकी छन् । त्यसपछि फोन उठाएको तर स्क्रिनसट गरेर सार्वजनिक गरेपछि आउटगोइङ कल देखिएकाले सामाजिक सञ्जालबाट स्कृनसट हटाएको उनले बताएकी छन् ।उनले स्क्रिनसट फोटो हटाए पनि स्टाटस भने नहटाएको बताएकी छन् ।”

“अभिनेत्री मानन्धरले बिहीबार राति १०ः ३४ बजे फेसबुकमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले फोन गरेर आफ्नो हालखबर सोधेकोप्रति खुसी व्यक्त गरेकी थिइन् ।”

तपाईको प्रतिक्रिया