“शेरधन राई,को जिल्लामा, एकीकृत, समाजवादी गठन”
2021, September 18th, Saturday

हाम्रो खबर संबाद दाता

“काठमाडौं । निवर्तमान प्रदेश १ का मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शेरधन राईको गृह जिल्ला भोजपुरमा नेकपा एकीकृत समाजवादीले १ सय ५५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।”

“एकीकृत समाजवादीले वीरजंग राईको अध्यक्षतामा जिल्ला कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा विष्णुबहादुर राउत, चक्र तामाङ र गीता राई, सचिवमा ममिता राई र उपसचिवमा इश्वर कार्की चयन भएका छन् ।”

“सचिव ममिता राई भोजपुर नगरपालिकाकी उपमेयर हुन् । अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष जयन्ती राईको उपस्थितिमा निर्माण गरिएको कमिटीको पदाधिकारी र सदस्यको सपथ तथा जिल्ला भेला छिट्टै गर्ने सो पार्टीले जनाएको छ ।”

“एमालेमा रहेका तेस्रो, धारका नेताहरु, एकीकृत समाजवादीमै, फर्किने, माधब नेपालको खुलासा”

“काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेमा रहेका नेताहरु ढिलो चाँडो आफ्नो पार्टीमा आउने बताएका छन् ।”

“कतिपय नेता कार्यकर्ता ,अल्मलिएर एमालेमै बसेको र असल भावना भएकाहरु ढिलो चाँडो एकीकृत समाजवादीमै आउने उनको दाबी छ ।”

“शुक्रबार एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालले आयोजना गरेको व्यवसायी भेलामा बोल्दै अध्यक्ष नेपालले विगतमा एमालेभित्र बनेका समानान्तर कमिटीहरु एकीकृत समाजवादीमा रुपान्तरित भइरहेको बताए ।”

“पार्टीको ७७ वटै जिल्लामा संगठन बनिरहेकाले एकीकृत समाजवादी नितान्त नौलो पार्टी नभएको नेपालले बताए; ।

‘पार्टीको ७७ वटै जिल्लामा संगठनहरु बनिरहेका छन् । हिजो हामीले २०७७ चैत ४ र ५ गतेपछि बनाएका पार्टी र सबै जनवर्गीय संगठनहरु रुपान्तरित भइरहेका छन्,’ उनले भने, ‘त्यस अर्थमा यो नितान्त नयाँ पार्टी होइन ।”

“पुरानो पार्टीभित्रको क्रान्तिकारी धारले, नेकपा एमालेभित्रको क्रान्तिकारी धारले शुरु गरेको यो पार्टीको नयाँ यात्रा हो । क्रान्तिकारीहरु, परिवर्तनकारीहरु, इमान्दार र निष्ठावानहरु अहिले यो पार्टीमा आवद्ध भएका छन् ।’

“कार्यक्रममा अध्यक्ष नेपालले व्यवसायीहरुलाई राष्ट्रिय अर्थतन्त्रको विकासमा सहयोग पु¥याउन आग्रह गरे । व्यवसायीहरुलाई जलविद्युत, पर्यटन, कृषि लगायतका क्षेत्रमा लगानी गरी राष्ट्र निर्माणमा योगदान पु¥याउन उनको आग्रह छ ।”

तपाईको प्रतिक्रिया