“एमसीसी अनुमोदन, गराउन प्रचण्ड’को ‘ख’त’रनाक’ शर्त “
2021, September 18th, Saturday

हाम्रो खबर संबाद दाता

“काठमाडौँ । नेपालमा एमसीसी परियोजनाको सन्दर्भमा भएको ‘प्रगति’बारे जानकारी लिने तथा त्यसलाई संसदबाट पास गराउन सरकार एवम् प्रमुख राजनीतिक दलका नेताहरूलाई झक्झक्याउने उद्देश्यका साथ गत साता नेपाल भ्रमणमा आएकी एमसीसी उपाध्यक्ष फतिमा सुमार बिनाउत्साह वासिङ्टन फर्किएकी छन्, यद्यपि उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अनुदानसम्बन्धी सम्झौता संसदबाट अनुमोदन हुने विश्वास दिलाएका छन् ।”

“केपी ओली नेतृत्वको सरकार विस्थापित भएर देउवा नेतृत्वको सरकार उत्पत्ति गराइँदा यस सरकारको उच्च प्राथमिकतामा एमसीसी अनुमोदन पर्ने आमबुझाइ थियो ।”

“केपीलाई हट्न सघाएर आफैं प्रधानमन्त्री बन्न प्रचण्डले पटक-पटक आग्रह गर्दा देउवाले ‘एमसिसी के गर्ने’ भन्ने ‘एस्योरेन्स’ खोज्थे र, प्रचण्डले ‘तपाईं प्रधानमन्त्री बनेपछि एमसीसी अनुमोदन जसरी पनि गरिन्छ’ भनेर देउवालाई आश्वस्त पार्दै आएका थिए । तर अहिले माओवादी र माधव समूह दुवैले एमसीसी अनुमोदन गर्न आलटाल र असहयोग गर्ने सङ्केतहरू देखिएका छन् ।”

“फतिमा नेपालमा रहँदा प्रमुख राजनीतिक दलका सबै शीर्ष नेताहरूलाई भेटेर उनीहरूको धारणा बुझेकी थिइन् । सो क्रममा प्रचण्डसँगको भेटवार्तामा एमसीसी अनुमोदन गर्न प्रचण्डद्वारा प्रस्तुत गरिएको शर्त सुनेर उनी स्तब्ध बनेकी बुझिएको छ ।”

“प्राप्त जानकारीअनुसार प्रचण्डले आफूमाथि अमेरिकाले लगाएको आतङ्ककारीको बिल्ला पूर्णरूपले खारेज गरिदिनुपर्ने शर्त राखेका थिए ! साथै, दुबई र सिंगापुरस्थित बैंकहरूमा रहेको खातामाथि एफबीआई (फेडरल ब्युरो अफ इन्भेष्टिकेसन, अमेरिका) ले लगाएको प्रतिबन्ध (रेड फ्ल्याग) खुला गर्नुपर्ने शर्तसमेत प्रचण्डले तेर्स्याएका थिए ।”

“यसलगायत उनले एमसीसीमा भारतीय पक्षको संलग्नता आफूहरूलाई स्वीकार्य नहुने भएकोले यसमा अमेरिकाले भूमिका खेल्नुपर्ने तेस्रो शर्त पनि राखेका स्रोतको भनाइ छ ।”

“ज्ञातव्य छ, प्रचण्डहरू अनमिनमातहत शान्तिप्रक्रियामा आएपछि पनि अमेरिकाले प्रचण्ड एवम् उनको समूह अर्थात् ‘माओवादी’माथि लगाएको आतङ्ककारीको बिल्ला पूर्णरूपले हटाएको छैन । यो प्रचण्डको लागि निकै विष्मयकारी र ‘सेक्युरिटी थ्रेट’को विषय बनेर रहेको छ ।”

“त्यस्तै, कथित जनयुद्धका क्रममा बैंकहरूबाट लुटिएको, विभिन्न उद्योगपति(व्यापारीहरूसँग जबर्जस्ती असुल गरिएको र अयोग्य लडाकु समायोजनका बखत घोटला गरिएको समेत गरी लगभग ३९ अर्ब रुपैयाँ प्रचण्डले विदेशी बैंकहरूमा लुकाएर राखेको तथ्यसँग अमेरिकी प्रशासन जानिफकार रहेको बताइन्छ ।”

“आफूमाथि झुण्डिएको ‘आतङ्ककारी’ बिल्लारूपी तरवारबाट मुक्ति एवम् अवैधानिक तवरबाट जम्मा गरी लुकाइएको अकूत धन ‘रिलिज’ गराउन प्रचण्ड यतिबेला एकसुत्रीय रूपमा लागिपरेका छन् ।”

“एमसीसीको प्रगति विवरण लिन आएकी सुमारसँगको भेटमा प्रचण्डले आफ्ना यिनै अभीष्टसिद्धिको लागि उल्लिखित शर्त अघिसारेबाट उनी कति देशभक्त र जनताप्रति कति उत्तरदायी रहेछन्- स्वतः स्पष्ट हुन्छ । आफ्नो निजी स्वार्थको लागि देशलाई नै दाउमा राख्न पछि नपर्ने प्रचण्डबाट नेपालको विकाश र समृद्धिको त कुरै छोडौँ, देशकै अस्तित्व बाँकी रहला–नरहला प्रश्न खडा भएको छ ।”

“स्मरणीय छ, प्रचण्डविरुद्ध हेगमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्था तथा मानवअधिकारवादी सङ्गठनहरूका साथै विभिन्न व्यक्तिविशेषद्वारा लगाइएका लगभग चार सय जति मुद्दा विचाराधीन छन् ।”

“तीमध्ये अधिकांश मुद्दाका आवेदकहरूले प्रचण्ड एक खुङ्खार अन्तर्राष्ट्रिय ‘आतङ्ककारी’ भएको र नेपालमा हत्या-हिंसा मच्चाएर सत्र हजार मानिसको अनाहकमा ज्यान लिएको जिकिर गर्दै फाँसीको सजाय माग गरेका छन् ।”

“चतुर प्रचण्डले राम्रैसँग बुझेका छन् कि यदि अमेरिकाले आतङ्ककारी बिल्ला पूर्णरूपले हटाइदिएको खण्डमा उल्लेखित विचाराधीन मुद्दाहरू स्वतः निस्क्रिय भइ सदाका लागि आफूलाई सफाइ मिल्नेछ ।”

“यसैकारण प्रचण्डले एमसीसीका उपाध्यक्ष नेपाल आएको अवसरको लाभ उठाउँदै एमसीसी अनुमोदन गरिदिएवापत उल्लेखित शर्त तेर्स्याएका बुझिएको छ “।

“घटना र विचार साप्ताहिक खबरबाट”

तपाईको प्रतिक्रिया