“मुटुको उपचार,गराउन आएकी चन्द्रकला’को कार दु’र्घ’टनामा परी दु’खद नि’धन, परिवारमा रु’वाबासी’
2021, September 16th, Thursday

हाम्रो खबर संबाद दाता

“विराटनगर – कार दु’र्घटना हुदाँ बिहीबार एक महिलाको मृत्यु भएको छ । बेलबारी नगरपालिका-१ घर भएकी ३० वर्षीया चन्द्रकला राईको मोरङको बुढीगंगा गाउँपालिकामा दुर्घटनामा परेर मृत्यु भएको’ हो ।”

“प्रहरीका अनुसार मृतक चन्द्रकला र घाइते सानी मुटुसम्बन्धी पुरानै समस्या रहेकी छिमेकी गीता लिम्बूलाई लिएर उपचारका लागि विराटनगरतर्फ आउँदै गर्दा यो दुर्घटना हुन् पुगेको’ बताएका छन।”

“दुर्घटनामा गम्भीर घा’इते भएकी उनको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार बा११च १५७१ नम्बरको कार आफै अनियन्त्रित भएर बिजुलीको पाेलमा ठो’क्किएकाे थियो ।”

“दुर्घटनामा कार चालक बेलबारी-१ का ३८ वर्षीय बाबुराम कार्की, बेलबारी–१ की ४३ वर्षीया गीता लिम्बू र ५५ वर्षीया सानी धिमाल सामान्य घाइते भएका छन् । घाइते सबैको विराट मेडिकलमै उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ । मृतक चन्द्रकला र घाइते सानी मुटुका विरामी हुन् । उनीहरू उपचारका लागि आएका थिए । दुर्घटनामा परेर कार पूर्णरूपमा क्षतिग्रस्त बनेको र घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।”

तपाईको प्रतिक्रिया