“प्रचण्ड,लाई साइजमा राख्ने रुक्मांगत कटुवालले अमेरिका पुगेर बोलेको, कुराले नेपालमा तरंग”
2021, September 16th, Thursday

हाम्रो खबर संबाद दाता

“पूर्व प्रधानसेनापती रुक्मांगत कुटुवाल अमेरिका पुगेका छन् । अमेरिका पुगेर उनले बोलेका कुराले तरंग भने नेपालमा दिएको छ ।”

“पूर्वप्रधानसेनापती कटुवाल पछिल्लो समय नेपललाई हिन्दु राष्ट्र बनाउँने अभियानमा जोडतोडले लागेका छन् ।हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानका खोलेर त्यसको राष्ट्रिय संयोजकनै बनेका कटुवालले अमेरिका पुगेर महत्वपुर्ण अभिव्यक्ति दिएका छन् ।”

“कटुवाललले अमेरिकामा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानको भदौ ३ गते विधिवत उद्घाटन गर्दै , “नेपाल सनातन–कालदेखि एउटा विशिष्ट हिन्दू जीवन पद्धतिमा आफूलाई स्थापित गर्दै आएको छ । र, त्यो जीवन पद्धति नै नेपालको संस्कृति हो ।” भनेका छन् । भदौ २८ गते नर्थ क्यारिलिनामा कार्यक्रम भएको थियो ।”

“कुलपर्वत– हिमालयले सुशोभित राष्ट्रका पावन नदीहरूको कलकल निनादसँगै यहाँका नागरिकहरूले पनि निरन्तर ‘सर्वे भवन्तु सुखिनः’ भनी विश्व कल्याणको विचार प्रवाह गरिरहेका छन् । यो ऋषि भूमि हो, वेद भूमि हो । हाम्रा ऋषि महर्षिहरूले वसुधैव कुटुम्बकम् भनी विश्वलाई एउटा परिवारका रूपमा हेर्ने दृष्टिकोण दिए ।”कटवालले भने”

“विश्वमा अनेकौ इसाई र मुसलमान देश भइरहँदा नेपाललाई विश्वकै १।३ अर्ब हिन्दूले गर्व गर्नसक्ने विश्वको एकमात्र हिन्दूराष्ट्र बनाउन विश्वका हिन्दूहरू एकजुट हुनपर्ने र त्यसका लागि सबै राष्ट्रले सहयोग पनि गर्नुपर्ने उनको आग्रह रहेको थियो ।”

“हिन्दू स्वयंसेवक अमेरिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको संयोजक नेपालको कपिलवस्तु घर भइ हाल अमेरिका बसोवास गदै आएका डा। दशरथ लोहारले गरेका थिए ।”

“कटुवालको अभियानको सक्रियतालाई अर्थपुर्ण रुपमा हेरिएको छ । नेपालाई हिन्दु राज्य बनाउँनु पर्छ भन्ने विषयलाई बोकेर हिँडे पनि राजसंस्था की गणतन्त्र भन्ने बिषयमा भने उनी मौन छन् । कुनै समय प्रचण्डलाई ठेगान लगाएर चर्चामा आएका कटुवालको कदमलाई नेपालको राजनतिनिक नेतृत्वले चासोका साथ हेरिरहेको छ ।”

तपाईको प्रतिक्रिया