“डा. केसीले ठोकेरै, भने एमसीसीमा, के लेखेको छ भनेर देउवा र ज्ञानेन्द्र बहादुर,कार्कीलाई पढ्न पनि आँउदैन,पैसाको लोभमा, अँखा चिम्लेर , हस्ताक्षर गरे”
2021, September 15th, Wednesday

हाम्रो खबर संबाद दाता

“एमसीसीको बिषय निकै विवादित र आलोचित भइरहेका बेलामा चर्चित राजनितिक विश्लेषक डा सुरेन्द्र केसीले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री ज्ञानेन्द्र कार्कीलाई एमसीसीको भित्र के लेखिएको छ भनेर पढ्न पनि नआउँने ठोकुवा गरेका छन् ।”

“ओटीभी नेपाल डट कम सँगको विशेष कुुराकानीमा राजनितीक विश्लेषक डा केसीले देउवा र कार्कीलाई एमसीसी राम्रो सँग पढ्न आउँदैन भन्ने कुराको प्रमाण अस्ती नेपाल सरकारले एमसीसीको प्रधान कार्यालयलाई सोधेको प्रश्न पनि हो भनेका छन् । म यो कुरा सिरियसली भन्दै छु ‘यिनका ल्याकत कति छ मलाई थाह छ ,देउवा र कार्कीलाई यो राम्रो सँग पढ्न पनि आँउदैन’ केसीले भनेका छन् ।”

“सम्झौता गर्ने बेलामा गर्ने अनी अहिले आएर यो के हो त्यो के हो भनेर सोध्ने ? यहि हो पारा रु यहाँ बाट पनि बुझिन्छ नी यिनीहरु कती गवार र अनपढ छन् भन्ने कुरा । डा केसीले भनेका छन् । स्वार्थी र लोभी राजनितिक नेतृत्वका कारण एमसीसीमा जनता लडाउँने खेल भइरहेको पनि उनले बताए ।”

“एमसीसी उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणले पनि एमसीसी नेपलको हितमा रहेनछ भन्ने प्रमाणित भएको डा केसीले बताए । सिम्मल कुरा दिने मान्छेले लिने मान्छेलाई कुनै कुरा लिग कि लिग भन्दै घर घर पुगेर दबाव दिन्छ रु हो अहिले त्यस्तै भएको छ अमेरिकाले नेपालको हितको लागी अनुदान दिने हो भने घर घर पुगेर किन दवाव दिनु पर्योरु उनले भने ।”

“नेपालका नेता एमसीसीमा चुकिसकेको पनि डा केसीले बताए । नेपाली जनताहरु भने साँचो रुपमा एमसीसीको विरोधमा लागेको र आफु पनि एमसीसीको विरुद्धमा रहेको केसीले प्रष्ट पारेका छन् । एमसीको विरोधमा भए पनि रचनात्मक रुपमा विरोध गर्ने तर फतिमाको जगल्टै तान्न जान सक्ने अवस्था आफु नभएको पनि उनले बताएका छन् ।”

“डा केसीले औला भाँचेर ठोकुवा गर्दै एमसीसी नेपाल र नेपालीको हितमा नरहेको दावी गरेका छन । जनता जहाँ उभिन्छन् आफु त्यहिँ उभिने भन्दै कसीले आफुलाई नेपाली जनताको प्रवक्ता भनेका छन् । जनताको साथमा एमसीसीको विरोधमा आफु खडा भएको डा केसीले प्रष्ट पारेका छन्”

तपाईको प्रतिक्रिया