“अफगान उपराष्ट्रपति,को घरमा १८ वटा, सुनका इटा र ७७ करोड नगद”
2021, September 15th, Wednesday

हाम्रो खबर संबाद दाता

“काठमाडौं । अफ्गानिस्तानका अपदस्थ उपराष्ट्रपति अमरुल्लाह सालेहको घरबाट ६५ लाख डलर (नेपाली रुपैयाँ ७७ करोड भन्दा बढी) र १८ वटा सुनको इँटा बरामद भएको छ।”

“तालिबानले सत्ता कब्जा गरेपछि उनको घरमा खानतलासी गर्दा उक्त रकम र सुनको इटा वरामद भएको छ ।”

“पन्जसिर कब्जापछि तालिबानी लडाकुले सालेहको लुक्ने स्थान कब्जा गरेको जनाईएको छ । तालिबानका लडाकुले एक भिडियो जारी गर्दै यो कुराको पुष्टि गरेका छन् । उक्त भिडियो तालिबानको अकाउन्टमा भाइरल भइरहेको छ ।”

“चार–पाँच जना तालिबानी लडाकु एउटा घरमा पसेर घरको खानतलासी गरिरहेको भिडियोमा देखिन्छ। झोलाहरू छरिएका छन् । कुनै झोलाबाट डलरको गड्डी र सुनका इँटाले भरिएका छन् ।”

तपाईको प्रतिक्रिया