“भारतद्वारा नेपालको विकासमा “पनि ठाडो अवरोध, दुष्ट दृष्टि नरोकिने भयो (भिडियो)”
2021, September 15th, Wednesday

हाम्रो खबर संबाद दाता

“कञ्चनपुर । छिमेकी भारतले नेपालको विकास र समृद्धिको यात्रामा सदैव सहयोगी रहने प्रतिबद्धता व्यक्त गर्दै आएको छ । उस्ले नेपालको विकास निर्माणको काममा समय समयमा बिभिन्न सहयोग समेत गर्दै आएको छ । तर उस्को प्रतिबद्धता र व्यवहारमा कति फरक छ भन्ने उदाहरणहरु सीमा क्षेत्रमा प्रशस्तै देख्न पाइन्छ ।

“नेपालमा हात हालेका धेरै योजना आयोजनाहरु कि अधुरै छाडेको भारतले धेरै योजना आयोजनाहरु अलपत्र पनि पारेको छ ।”

“पछिल्लो पटक महाकाली नदीमा नेपालकै ठूलो लगानीमा कञ्चनपुरको भीमदत्त नगरपालिका र महाकाली नगरपालिकालाई जोड्ने चार लेनको पुल निर्माणमा भारतीय पक्षले गरेको असहयोग र दिएको दुःख हेर्दा जोकोही नेपालीको मन रुन्छ ।”

“बोली र व्यवहारमा पूरै असमान व्यवहार गर्दै आएको भारतीय पक्षले पुलसम्म जाने बाटो बनाउँन अवरोध गरेपछि निर्माण कम्पनीले तुइन जोडेर निर्माण सामग्री ढुवानी गर्न थालेको छ ।”

“स्थानीय प्रशासनले सहजीकरणका लागि बारम्बार आग्रह गर्दा पनि भारतीय पक्षले कुनै चासो नदेखाउँदा एउटा गतिलो योजना निर्माणमा बिलम्ब हुन पुगेको छ ।”

“कञ्चनपुरको भिमदत्त नगरपालिका र महाकाली नगरपालिका जोड्ने नेपालकै ठूलो लगानीमा चार लेनको पुल निर्माण हुँदैछ । तर पुलसम्म जाने बाटो महाकाली नदीले बगाएपछि निर्माण कम्पनीले तुइन जोडेर निर्माण सामग्री ढुवानी गर्दै आएको छ ।”

“चार पांग्रे गाडी र ठूला तौल भएका निर्माण सामग्री दोधारा चाँदनी लैजान भारतीय पक्षले अवरोध गर्नुका साथै दुःख दिन थालेपछि निर्माण कम्पनीले तुइन जोडेर निर्माण सामग्री ढुवानी गर्दै आएको हो ।”

“बिभिन्न वहानावाजी गर्दै दुःख दिन छाडेन भारतले

“कञ्चनपुरको सदरमुकामबाट दोधारा चाँदनीसम्म चार पांग्रे गाडी र भारी योजना भएका सामग्री ढुवानी गर्न शारदा ब्यारेज ९बनबासा पुल ० भएर भारतीय बाटो हुदै दोधारा चाँदनी पुग्न सकिन्छ । तर भारतीय पक्षले पुलको निर्माण सामग्री ढुवानी गर्दा ठेकेदारलाई केहि न केहि बहानामा दुःख दिदै आएको छ ।”

“कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएको निर्माणाधीन पुल समयमै सक्न तुइन जोडेर भएपनि निर्माण कार्यलाई तीब्रता दिएको हो । असारमा महाकालीमा आएको बाढीले चारलेनको पुल जोड्ने बाटो नै बगाएपछि निर्माण सामग्री लैजान भारतीय बाटो प्रयोग गर्नु पर्ने बाध्यता आइपरेको हो ।”

“अवरोधकाबीच निर्माणको ७२ प्रतिशत काम सम्पन्न

“निर्माणमा प्रयोग हुने यातायातका साधन र निर्माण सामग्री निर्वाधरुपमा लैजान भारतीय पक्षले अवरोध गर्दै आएको छ । हालसम्म निर्माणको ७२ प्रतिशत काम सम्पन्न भएको छ ।”

“गत २०७४ साल भदौदेखि सुरु भएको निर्माणको अवधि आगामी २०७८ फागुन १२ गतेसम्म तोकिएको छ । तीन अर्ब ६७ करोडको लागतमा बन्ने पुल अन्तर्गत ७।८ किलोमिटर लम्बाइको ६ लेनको पहुँच मार्ग कालोपत्रे भइरहेको छ ।”

“पुल योजना कार्यालय र जिप्रकाको आग्रहलाई सुनेन भारतले”

“भारतीय पक्षलाई महाकाली पुल योजना र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निर्माण समाग्री र यातायातको साधन आवतजावत गर्न सहजीकरण गरीदिन भन्दै पटक पटक पत्राचार गरे पनि कुनै सुनुवाई भएका छैन ।भारतीय पक्षले अटेरी गरि दुःख दिन नछोडेपछि संघीय सरकारबाट नै यस्को लागि पहल हुनुपर्ने आवाज पनि उठन थालेको छ ।”

“एकातीर ठेकेदारले तुइन जोडेर भएपनि निर्माण कार्यलाइ समयमै सक्ने जमर्को गरी राखेको बेला महाकाली नदीमा निर्माणाधीन पुलको तटबन्ध बनाउज ढुङ्गा नपाउँदा तटबन्ध निर्माणको काम नै रोकिएको छ ।”

“पुलको दुवैतर्फ पाँचहजार ४०० मिटर बाँध निर्माण गर्नुपर्ने योजनामा रहेको हुँदा नदीको पारि र वारि गरी दुवैतर्फ २ हजार ७ सय मिटर लम्बाइ भएको बाँध निर्माण गर्नुपर्ने ठेक्कामा उल्लेख छ ।

“पुलको दुवैतर्फ १।२ वर्ग किलोमिटर क्षेत्रफलका दुईवटा पोखरीसमेत निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

“बाँध बाँध्न ढुंगा पनि दिएनन स्थानीयवासीले”

“बाँधका लागि एक लाख ४१ हजार घनमिटर ढुङ्गा आवश्यक पर्छ । बाँधका लागि ७० प्रतिशत ढुङ्गा २६० किलोग्राम भन्दा बढी तौलका चाहिन्छ ।”

“ढुंगाका लागि केही समय अघि महाकाली पुल योजना कार्यालयले स्थानीय तह र प्रशासनसंग समन्वय गरी महेन्द्रनगरको उत्तरमा रहेको चुरेको फेदबाट ठुला ढुंगा ल्याउन थालेपनि स्थानीय उपभोक्ताको विरोधपछि त्यो रोकिएको छ ।”

“महाकाली पुल योजना कार्यालयले पुलको पोखरी निर्माण र बाधको लागि आवश्यकढुङ्गा नपाएपछि डिजाइन परिवर्तनका लागि विभागमा पत्राचार गरेको थियो ।तर विभागबाट डिजाइन परिवर्तन नहुने भएपछि महाकाली योजना ढुङ्गाको लागि स्थानीय सरकार र केन्द्रको नि

तपाईको प्रतिक्रिया