“एम’सी’सी उपाध्यक्ष,फर्के’लगत्तै चिनियाँ,राजदूत’को दौडधुप, बिहानै पुगिन,नेताहरूको नि’वासमा”
2021, September 14th, Tuesday

हाम्रो खबर संबाद दाता

“काठमाडौँ– अमेरिकी सहयोग नियोग एमसीसीकी उपाध्यक्ष फतिमा सुमार चार दिने भ्रमण सकेर अमेरिका फर्केलगत्तै चिनिया राजदूत होउ यान्छी सक्रिय बनेकी छन् । नेपालले एमसीसी लिन अस्विकार गरेको खण्डमा अन्य वैदेशिक सहयोग समेत बन्दा गर्ने ध म्की दि एर सुमार आइतबार फर्केलगत्तै यान्छी सक्रिय बन्नुलाई अर्थपूर्ण मानिएको छ ।”

“नेपालमा पछिल्लो राजनीतिक उथलपुथलपछि खासै भेटघाट नगरेकी यान्छीले अहिले भने शिर्ष नेताहरूलाई भेट्न थालेकी छन् चिनियाँ राजदूत यान्छी नेकपा एकीकृत ,समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल निवास कोटेश्वर पुगेकी छन् ।”

“उनी मंगलबार बिहान नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेकी थिइन् । उनले लामो समय त्यहाँ छलफल गरेको बुझिएको छ । भेटका बिषयमा दुवै पक्षले केहि नखुलाएपनि एमसीसीको, बिषयमा समेत छलफल भएको स्रोतले बताएको छ ।”

“त्यो भन्दा अगाडी राजदूत यान्छीले मंगलबार बिहानै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत भेटेकी थिइन् । प्रचण्डलाई भेटेलगत्तै उनी सीधै नेपाल निवास कोटेश्वर पुगेकी हुन् । यान्छीले अन्य नेताहरूलाई ,समेत भेट्ने बताइएको छ ।”

“अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का बारेमा बुझ्न शीर्ष नेताहरूलाई भेट्न यान्छी पुगेको बताइएको छ । यसका अलावा नेपाल सरकारले चीनसँग सीमा समस्या रहेको भन्दै अध्ययन समिति बनाएकोबारे पनि उनले,चासो राखेको बताइएको छ ।”

“एमसीसीकी उपाध्यक्ष ,फातिमा सुमार फर्किएसँगै उनले शीर्ष नेतालाई भेट्न दौ,डधुप गरेकी हुन् ।”

तपाईको प्रतिक्रिया