“माधव नेपाल,लाई आइलाग्यो, अर्को फसाद”
2021, September 14th, Tuesday

हाम्रो खबर संबाद दाता

“नेकपा एमाले विभाजन गराएर नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष बनेका माधव कुमार नेपाल दुई दिन देखी ठूलो टेन्सनमा छन् त्यो पनि अरुको होइन आफ्नै कारणले ।”

“एक बर्ष अघि आफैँले बोलेको कुरा अहिले व्यापक मात्रामा बाहिर आए पछि उनलाई तनाव थपिएको छ । कुनै बेला अरुका लागी भनेर प्रहार गरिएको कुराले कुनै दिन आफेँलाई मार पर्ला भनेर उनले सायदै सोचेका थिए होला तर अहिले नेपाललाई त्यस्तै भएको छ ।”

“कुरा अघिल्लो बर्षको हो । तत्कालिन प्रधानमन्त्री केपी ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएका थिए दल विभाजनमा केहि हलुवा प्रावधान राखेर ल्याइएको अध्यादेशको त्यस बेला ओलीको चर्को विरोध गर्नेमा माधव नेपाल एक नम्बरमै थिए तर अहिले उनैले परमादेश बाट बनेको सरकारले ल्याएको अध्यादेशमा टेकेर एमाले विभाजन गराएका छन् ।”

“ओलीले अध्यादेश ल्याएका बेला ओलिविरुद्ध हात धोएर लागेको नयाँ पत्रिका दैनिकले माधव नेपाल सँग अन्तवार्ता गरेको थियो । त्यस बेला नेपालले ओलीले पार्टी विभाजन गर्नकै लागी अध्यादेश ल्याएको भन्दै चर्को आलोचना गरेका थिए ।”

“पार्टी विभाजन गर्नेका लागी अध्यादेश ल्याएको ठोकुवा गर्दे नेपालले पार्टी विभााजन गर्ने काम अपराध भएको र त्यस्तालाई जनताले सजाय दिने बताएका थिए , नेपाल सँगको अन्तवार्तालाई नयाँ पत्रिकाले छापेको थियो , शीर्षक राखिएको थियो ‘पार्टी फोड्ने कुरा गर्ने अपराधी हो त्यसतालाई जनताले धिकार्छन्’ ।”

“अहिले समय फेरिएको छ पार्टी विभाजन गर्नेलाई अपराधी भन्ने माधव नेपाल अहिले आफैँले पार्टी विभानज गरेर नेकपा एसको अध्यक्ष बनेका छन् । यस्तो हेडलाइनमा आफ्नै सामाजिक संजालमा अन्तर्वाता सेयर गरेका नेपाललाई अहिले आफ्नै सामाजिक संजालले गिज्जाइरहेको छ ।”

“माधव नेपालले आफनै वालमा सेयर गरेको तस्बिरलाई अहिले नेकपा एमालेका कार्यकर्ताले व्यापक रुपमा सेयर गरिरहेका छन् । उक्त तस्बिर एमाले वृतमा भाइरल नै भएको छ । इतिहासको कठघरमा उभिएका माधव नेपाललाई अहिले आफ्नै मनले अपराधी भन्छ की भन्दैन होला ?”

तपाईको प्रतिक्रिया