“एकीकृत समाजवादी,ले, फिर्ता लियो सरकार,लाइ दिएको समर्थन”
2021, September 13th, Monday

हाम्रो खबर संबाद दाता

“मकवानपुर– नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । वाग्मती प्रदेश सरकारलाई दिएको समर्थन नेकपा एसले फिर्ता लिएको हो ।”

“यस्तै नेकपा एस बागमती प्रदेश संसदीय दलको नेतामा राजेन्द्र पाण्डे चयन भएका छन् । ज्येष्ठ सदस्य सांसद माधव पौडेलको अध्यक्षतामा आइतबार बसेको नेकपा (एस) को पहिलो संसदीय दलको बैठकले पाण्डेलाई दलको नेताको रुपमा चयन गरेको हो ।”

“प्रदेशसभा सचिवालयमा एमालेको विभाजन भएर गठन भएको नेकपा (एस) मा सनाखत गरेका १३ सांसदहरुलाई मान्यता दिँदै नामावलीसहितको पत्र निर्वाचन आयोगबाट प्राप्त भएसँगै दलको चयन गरिएको हो ।”

“बैठकले संसदीय दलको विधान पारित गरेको र अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकार दिएको समर्थन फिर्ता लिने निर्णय गरेको नेता पाण्डेले जानकारी दिए । नेकपा (एस) ले प्रदेशसभा सचिवालयभित्रै संसदीय दलको कार्यालयसमेत स्थापना गरेको छ ।”

“नेकपा (एस) आधिकारीक रुपमा प्रदेशसभा दर्ता भएसँगै वाग्मती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ७ पुगेको छ । वाग्मतीमा नेकपा (एस) १३ सांसदसहित चौथो दल भएको छ ।”

तपाईको प्रतिक्रिया