“नेपालीको र’ग’त उम्लिने, गरी अमेरिकाले,पठायो प्रश्नको उत्तर, आन्दोलनको, आधिबेहरी आउने पक्का”
2021, September 12th, Sunday

हाम्रो खबर संबाद दाता

“काठमाडौ। नेपाल सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का विषयमा उठिरहेका प्रश्नबारे प्रस्ट पार्न अमेरिकालाई पत्र लेखेको थियो । अमेरिकी दुतावासले यसको प्रतिउत्तर पठाएको छ ।”

“नेपालस्थित अमेरिकी दूतावासले उत्तर पठाउँदै परियोजना अनुमोदनका पक्षमा सकारात्मक कदम भनेको छ। अमेरिकाको यस्तो जवाफपछि जनआक्रोश झनै बढेको छ । देशभरका आन्दोलनको तयारी समेत शुरु भएको छ ।”

“एमसिसीकी उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणको मिति नजिकिँदै गर्दा अर्थ मन्त्रालयले शुक्रबार नेपालस्थित अमेरिकी दूतावासमार्फत एमसिसीलाई पत्र लेख्दै नेपालमा जनस्तर तथा राजनीतिक तहमा उठेका प्रश्नबारे स्पष्ट पार्न आग्रह गरेको छ।”

“संसद्बाट अनुमोदन हुनुपर्ने विषयमा राजनीतिक सहमति नजुटेपछि परियोजना अघि बढ्न नसकेको अवस्थामा सरकारको पत्राचारले आशा जगाएको दूतावासले जनाएको छ।”

“एमसिसीले नेपालको अर्थ मन्त्रालयबाट शुक्रबार पत्र प्राप्त गरेको छ। यो अनुमोदनका लागि सकारात्मक कदम हो,’ दूतावासका एक अधिकारीले भने। उनले नेपाली जनतासँग खुला र पारदर्शी संवादका लागि एमसिसी तयार रहेको पनि बताए।”

“५० करोड अमेरिकी डलरको उक्त परियोजना नेपालमा लागु गर्ने विषयमा नेपाल सरकारसँग सन् २०१७ मै सम्झौता भए पनि राजनीतिक तथा जनस्तरमा समेत विभिन्न प्रश्न तथा आशंका उत्पन्न भएपछि यो विषय अघि बढ्न सकेको छैन।”

“एमसिसी कार्यान्वयनका विषयमा जानकारी लिन उपाध्यक्ष सुमार अर्को साता नेपाल आउने तय भएपछि सरकारले यो विषयमा सहमति जुटाउन छलफल तीव्र बनाएको छ।”

“यसै गरि। अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तत नेपालको संसदबाट पास नहुने भएको छ । सरकारले एमसिसी बारे उठेका प्रश्नको जवाफ मागेपछि लगभग संसदबाट पास नहुने स्थितिमा पुगेको छ ।”

“सरकारले अमेरिकी दूतावासमा रहेका एमसीसीका प्रतिनिधिलाई ६ पृष्ठ लामो पत्र पठाउँदै उत्तर मागेको छ । यो भने कसैलाई कारवाही गर्नभन्दा पहिला स्पष्टिकरण सोधे जस्तै हो । कुटनीतिमा यसले ठूलो अर्थ राख्छ ।”

“एमसिसीबारे उठेका विभिन्न ११ वटा प्रश्नहरुको चित्तबुझ्दो जवाफ माग्दै अर्थ मन्त्रालयले शुक्रबार यस्तो पत्र पठाएको सरकारका एक उच्च अधिकारीले पुष्टि गरेका छन्।”

“उता अमेरिकी दूतावासका एक अधिकारीले पनि एमसिसीबारे प्रश्नहरुसहित अर्थ मन्त्रालयको चिठ्ठी आएको जानकारी गराएका छन्। एमसिसी परियोजनाको सैन्य र सामरिक महत्त्व छ कि छैन, यो हिन्दु प्रशान्त रणनीतिको अंग हो कि होइन भनी प्रश्न उठेका छन्।”

“त्यस्तै, यसको बौद्धिक सम्पत्तिको अधिकारसाथै कानुनी प्रश्नहरु उठेमा एमसिसीका प्रावधान लागू हुन्छन् कि नेपालको कानुन भनी यसबारे प्रश्नहरु उठेका छन्।”

“त्यस्तै यसको अडिटिङमा अमेरिकाको अधिकार रहने भनी गरिएका दाबीहरुमाथि पनि प्रश्नहरु उठेका छन्।पछिल्लो समयमा एमसिसी पारित नगर्न सरकारलाई विभिन्न क्षेत्रबाट दबाब परिरहेको छ भने सरकार एमसिसी पारित गर्ने तयारीमा देखिएको छ।”

“अमेरिकी राजदूत र्‍यान्डी बेरीले एमसिसीमा संशोधन नहुने यसअघि स्पष्ट पारेका छन्। एमसिसीकी उपाध्यक्ष फतिमा सुमर सरकारलाई यसको अनुमोदनका लागि आग्रह गर्दै।नेपालमै छिन।”

“उनले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, समाजवादी अध्यक्ष माधवकुमार नेपाललगायतसँग भेटेका छ्न।”

तपाईको प्रतिक्रिया