“सभामुख अग्नि सापकोटा र प्रचण्ड लाई ३४ हजार वर्ष जेल हाल्नु पर्ने होः-महेश बस्नेत”
2021, September 12th, Sunday

हाम्रो खबर संबाद दाता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेका युवा नेता एवं प्रतिनिधि सभाका सांसद महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख अग्नि सापकोटालाई जेल हाल्नुपर्ने बताएका छन् ।”

“महेश बस्नेत भन्छन, माओवादीहरुले गरेको अपराधको श्रंखला हेर्ने हो भने प्रचण्ड र अग्नी सापकोटालाई २० बर्स मात्र नभएर १७ हाजार ‘इन्टु’ २० गरेर ३४ हजार वर्ष जेल हाल्नु पर्ने प्राइम टाइम टिभीको जनता जान्न चाहान्छन कार्यक्रममा पत्रकार ऋषी धमलासंगको अन्तर्वार्तामा बताएका छन् ।”

“बिगतमा गिरिजाप्रसाद कोइराला देखी माधव कुमार नेपाल सम्मको समुहले शान्तिपूर्ण सम्झौताको नाममा माओवादीका नेताहारुले गरेको अपराधलाई क्षम्य दिएर आफुरुले गल्ती गरेको बताएका छन् । त्यो सम्झौताको कारण हामीले धरै वर्ष सम्म पछुताउँनु पर्छ र आज हामी देशैले पछुताई रहेका छौँ । उनले भनेका छन् । जनताको पवित्र थालो प्रतिनिधि सभालाई उनले पत्रु भएको बताएका छन् ।”

“संसद भनेको जनताको पवित्र थालो होइन ? तपाईले यस्तो भन्नु मिल्छ ? भन्ने पत्रकार ऋषी धमलको प्रश्नमा उनले प्रतिनिधि सभा सत्ताको फोहोरी खेलमा डुबी सकेको बताएका छन् । प्रतिनिधि सभाको जुन खालको भुमिका हुनुपर्ने त्यो खालको भुमिका नभएको बताएका छन् । प्रतिनिधि सभाले दोन्द्ध सिर्जना गर्ने ठाउँमा पुगेको आरोप लगाएका छन् ।”

तपाईको प्रतिक्रिया