“संसदीय पद्धतिको, धज्जी उडाउने सभामुखलाई,पदमा बस्न, दिनु हुँदैन : सांसद गंगा चौधरी”
2021, September 12th, Sunday

हाम्रो खबर संबाद दाता

“काठमाडाैं। एमाले सांसद गंगा चौधरी सत्गौवाले सभामुख अग्नि सापकोटालाई पदमा बस्न दिन नहुने बताइन्”

“एमाले संसदीय दलको बैठकमा आफ्नो धारणा राख्दै उनले सभामुखले संसदीय पद्धतिको धज्जी उडाएकाे भन्दै उनलाई उक्त पदमा बस्न दिन नहुने तर्क गरिन्।”

“उनले एमसीसी पारित गर्न दिन नहुने दाबीसमेत गरिन्। देशभर एमसीसीको विरोधमा आवाज उठेको र त्यसलाई एमालेले सम्बाेधन गर्दै देश बचाउनुपर्ने दाबी गरिन्। ‘अब देश नेपाल कम्युनिष्ट पार्टीले बचाउने आश छ,’ उनले भनिन्, ‘एमसीसी पास,गर्न हुदैन। ’

“यो पनि : गंगा चौधरीको, हिम्मत देखेर, देशभरका एमाले कार्यकर्तामा,खुसीयाली”

“काठमाण्डौँ । आजको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हंगामा मच्चाएको थियो । आक्रोसित एमाले सांसदहरुले चर्को नाराबाजी गर्दै बैठक संचालन गर्न पटक पटक अबरोध गरका थिए ।”

“महेश बस्नेत , गोकुल वास्कोटा ,सुर्य पाठक सहितका सांसदहरुले चर्किचर्कि नाराबाजी गरका थिए । संसदमा आज अर्की सांसद गंगा चौधरीले गरको कामको भने यतिखेर निकै नै चर्चा भइरहेको छ ।”

“सभामुख अग्नी सापकोटाले दुई पटक सम्म बैठक स्थगित गरे पनि पछि पेलरै जाने नियतले गृहमन्त्रीलाई बालकृष्ण खाँणलाई अध्यादेश टेबुल गर्न समय देखी एमाले सांसहरु झन् उग्र भएका थिए । यहि विचमा सांसद चौधरी भने रोस्टममै उक्लने प्रयास गरेकी थिइन् ।”

“प्रतिनिधिसभाको अधिवेशनको पहिलो दिन बुधबारको पहिलो र दोस्रो बैठक एमाले सांसदहरुले अवरुद्ध गरे । बैठकपछि सहमतिको प्रयासमा छलफल पनि भएको थियो, तर सभामुख अग्निप्रसाद सापकोटाले सहयोग गरे गर्नुस्, नगरे प्रक्रिया अघि बढाउँछु’ भनेको एमाले सांसदहरु बताउँछन् ।”

“तेस्रो बैठक सुरु हुनासाथ सभामुख सापकोटाले गृहमन्त्री बालकृष्ण खाँडलाई राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गर्न समय दिए । प्रधानमन्त्री शेरबहादुर देउवासँगै पहिलो लहरमा बसेका गृहमन्त्रीलाई रोक्न अघि बढेका एमाले सांसदहरुलाई मर्यादापालकले रोके ।”

“त्यसक्रममा एमाले सांसद गंगा चौधरी सत्गौवा भने रोष्टममै उक्लिने प्रयास गरिन् । एमालेका एक सांसदका अनुसार उनले गृहमन्त्रीलाई जसरी पनि रोक्छु भनेकी थिइन् । त्यही क्रममा उनी मर्यादापालकलाई धकेल्दै रोष्टममै उक्लिन खोजेको एक सांसदले बताए ।”

“चौधरीले पनि त्यसलाई स्वीकार गरिन् । ‘गुरिल्ला सभामुखलाई (बैठक अघि बढाउन) रोक्न सकिएन । गृहमन्त्रीलाई रोक्न खोजेको मर्यादापालक लगाएर छेकियो । त्यही आक्रोशमा गृहमन्त्रीलाई रोक्न प्रयास गर्दा धकेलाधकेल भयो,’ उनले भनेकी छन् ।”

तपाईको प्रतिक्रिया