“एमसीसीबारे गलत, भ्रम फैलाईयो, अमेरिकाको, कुनै स्वार्थ छैन, पास गर्नु पर्छ: डा. रामशरण महत”
2021, September 12th, Sunday

हाम्रो खबर संबाद दाता

“नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले एमसीसी नेपालको हितमा रहेको बताएका छन् । उनले अमेरिकाको कुनै स्वार्थ नहरेको पनि विश्वास दिलाए ।”

“प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।”

“उनले एमसीसीमार्फत अमेरिकाले नेपालको पूर्वाधार र जलस्रोतको विकासको लागि टेवा पुर्याउन लागेको बताए । उनले एमसीसीकी उपाध्यक्ष फातिमा सुमारको नेपाल भ्रमणलाई स्वभाविक रुपमा लिनुपर्ने र उनी नेपालकै हितमा आएको स्पष्ट पारे ।”

“मेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उच्च अधिकारी नेपालको संसदबाट सम्झौता अनुमोदनका लागि उपयुक्त वातावण बनाउन दुई दिनदेखि लगातार सक्रिय भए पनि उनीहरूले सोचेअनुसारको वातावरण बनेको छैन ।”

“एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीले सो अनुमोदनका लागि राजनीतिक दौडधुप थाले पनि दलका नेताहरूबाट स्पष्ट जवाफ आउन नसक्दा उनीहरू आश्वस्त हुन सकेका छैनन् ।”

तपाईको प्रतिक्रिया