हाम्रोखबर संवाददाता 214 Views
“विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसीविरुद्धको पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सो पार्टीका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले भदौ २८ गते राजधानीमा एमसीसी वि,रुद्ध वृहत् प्रदर्शन गर्ने जानकारी गराएका हुन् ।”
“एमसीसीलाई नेपालबाट सधैँका लागि भगाउन एकखालको आन्दोलनको आवश्यकता रहेको उनले बताए । एमसीसी राष्ट्रियतासँग सम्बन्धित मात्र नभए देशको जलस्रोतलगायत अन्य प्रकृति संरक्षणको विषयसमेत रहेको बताउँदै उनले यसको विरुद्धमा सबै एकजुट हुनुपर्ने बताए ।”
“एमसीसीको विषयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले एमसीसीको विरुद्धमा पार्टीले आन्दोलनको कार्यक्रम घोषणा गरेको जानकारी गराउँदै संसद्बाट एमसीसी पास गराउने षड्यन्त्र भइरहेको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले मूर्खता गरे भने देश आन्दोलनको भुमरीमा फस्ने चेतावनी उनले दिए ।”
“एमसीसीलाई समाजका हरेक तप्काले विरोध गर्दै आइरहेको र विरोध गर्न कोही पनि बाँकी नरहेको बताउँदै नेता प्रकाण्डले यस अवस्थामा पनि संसद्बाट पारित गराउने प्रयास भइरहेको दाबी गरे । ‘यहाँसम्म कि एमसीसीको बारेमा सत्तारुढ गठबन्धनमै विवाद भइरहेको छ, उनीहरूकै बीचमा सहमति भएको छैन । यस अवस्थामा पनि त्यसलाई पारित गराउने प्रपञ्च भइरहेको छ,’ उनले दाबी गरे । जति प्रपञ्च भएपनि आफूहरूको दल त्यसको विरुद्धमा उभिने बताउँदै उनले संसदीय दलहरू विदेशी सामु घुँडा टेकेको आरोप लगाए । आफूहरूको दल एमसीसीको विरुद्ध सङ्घर्षमा रहेको बताउँदै उनले ५० करोड अमेरिकी डलरमा देशलाई बेच्न खोजेको आ,रोप लगाए ।”
“नेपालकै रकमलाई राम्रोसँग खर्च गरियो विकास पर्याप्त हुने तर ५० करोड अमेरिकी डलरमा कमिसन खान पाइन्छ भन्दै केही नेताहरू त्यो पास हुनैपर्ने अडानमा रहेको उनले दाबी गरे । यदि एमसीसी पास भएर लागु भयो भने देशमा आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी पनि दिए ।-
“देश धेरै अप्ठ्यारोमा छ, त्यो अप्ठ्यारो जनताले बनाएको छैन, यी राजनीतिक दलका नेताहरूका कारण देश सङ्कटको भुमरीमा फसेको छ,’ उनले देशलाई सङ्कटबाट बचाउन आफूहरू बाहिर आएको दाबी गरे ।”
“फरक प्रसङ्गमा, सरकारसँग तीन बुँदे सहमति गरेको तर त्यो कार्यान्वयन नभएको बताउँदै नेता प्रकाण्डले नेपाली क्रान्तिको विरुद्ध षड्यन्त्र भएको बताए ।”
“तीन बुँदे सम्झौता गरे पनि आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई नछाडेको दाबी गर्दै उनले आफ्ना केही नेताहरू जेलबाट कानुनअनुसार रिहा भएको र यसमा सरकारको कुनै सहयोग नरहेको दाबी गरे । ‘माग सम्बोधन भएन भने एकपटक जनतासँग संवाद गर्छौ र फेरि आन्दोलनमा जान्छौँ,’ उनले भने, ‘हामीलाई फेरि आन्दोलनमा धकेल्ने प्रयास नगरोस् ।’ संसदीय चुनाव होइन, जनमत सङ्ग्रह हुनुपर्ने कुरामा जोड दिँदै उनले जनमत सङ्ग्रह नभए भने जनता आफैले वैज्ञानिक समाजवादको लागि आन्दोलन गर्ने उनको दाबी थियो ।
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)