हाम्रोखबर संवाददाता 368 Views
“काठमाडौँ । सबै राजनीतिक दलका नेताहरुलाई भेटेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारले अन्त्यमा प्रधानमन्त्री शेरबहादुर देउवासंग पनि भेट गरेकी छन् । एमसीसीको विरोध गरिरहेका दलका नेतालाई पनि उनले भेटेकी छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरुलाई उनले भेट गरिसकेकी छन् ।”
“ति नेताहरु एमसीसी जस्ताको त्यस्तै पारित गर्न हुन्न भन्ने पक्षका हुन् । माधव नेपालले त एमसीसी स्वीकार गर्न नसकिने जवाफ दिइसकेका छन् । सैन्य रणनीति अनुरुप एमसीसी योजना आएको भन्दै नेपालले स्वीकार गर्न नसकिने बताएका थिए ।”
“शुक्रवार साँझ उपाध्यक्ष फातिमा प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटारमा पुगेकी थिइन् । भेटको क्रममा उनीहरुले एमसीसी र नेपालको आर्थिक रुपान्तरणका सम्भावनाहरुबारे छलफल गरेको जानकारी दिएका छन् । प्रधानमन्त्री देउवाले भेटपछि ट्वीट गर्दै लेखेका छन्, आज एमसीसी उपाध्यक्ष फातिमा सुमारलाई भेट्न पाउँदा खुसी लाग्यो। हामीले एमसीसी कम्प्याक्ट र नेपालको आर्थिक रुपान्तरणका सम्भावनाहरु सहित नेपाल(अमेरिका सहयोगबारे विचार आदान प्रदान गरेका छौं।”
“भेटको क्रममा प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदनका लागि आफूले राजनीतिक स्तरमा छलफल अगाडि बढाएको प्रतिक्रिया दिएका थिए । देउवाले यस्तो भनेपछि फातिमाले एमसीसी संसदबाट अनुमोदन हुनेमा विश्वस्त रहेको प्रतिक्रिया दिएकी थिइन् । प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष फातिमाबीच भेटबारे अर्थ मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो ।”
“भेटको अवसरमा एमसीसीबाट नेपालको आर्थिक विकासमा हुनसक्ने सहयोग लगायत विषयमा छलफल भयो । सो अवसरमा प्रधानमन्त्री देउवाले सरकार र एमसीसीबीच २०१७ मा सम्पन्न अनुदान सम्बन्धी कम्प्याक्ट अगाडि बढाउनका लागि आफूले राजनीतिक स्तरमा छलफल जारी राखेको बताउनुभयो । साथै एमसीसीका उपाध्यक्ष सुमारले उक्त कम्प्याक्ट संसदबाट छिटो अनु्मोदन हुने विश्वास व्यक्त गर्दै एमसीसीले नेपालका आर्थिक विकासका लागि महत्वपूर्ण योगदान विश्वास व्यक्त गर्नुभयो,अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।”
“यसै साता नेपाल आएकी एमसीसी उपाध्यक्ष सुमारले यसअघि एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, उर्जामन्त्री पम्फा भुसाल लगायत नेताहरुलाई भेट गरिसकेकी छन् ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)