“माधव नेपाल’को पार्टीले, आगामी चुनावमा,एक सिट पनि नजित्ने विष्णु पौडेल,को दावी”
2021, September 10th, Friday

हाम्रो खबर संबाद दाता

“प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले आगामी निर्वाचनमा एक सिट पनि जित्न नसक्ने दावी गरेका छन् ।”

“उनले औपचारिक ढंगले संसदमा पेश भएपछि एमसीसीबारे आफ्नो पार्टीले धारणा तय गर्ने पनि बताए””रुपन्देहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।”

“आफ्नो दलले कारबाही गरेर निस्कासन गरेर माधव नेपालसहितका १४ जना सांसदहरुलाई संरक्षण दिएर सभामुख सापकोटाले पदीय दुरुपयोग गरेको समेत उनले आरोप लगाए”

“उनले आफ्नो पार्टी फुटाउन सभामुख सापकोटाले राजनीतिक दलको कार्यकर्ताको जस्तो भूमिका निर्वाह गरेको भन्दै आक्रोश समेत व्यक्त गरे । “

तपाईको प्रतिक्रिया