“अग्नी सापकोटालाई थाहा, भयो होला दाँत बाट कसरी पसिना आउँदो रहेछ: विष्णु रिजाल”
2021, September 9th, Thursday

हाम्रो खबर संबाद दाता

“सभामुख अग्नी सापकोटाले १५ मिनेटका लागी स्थगित गरेर फेरी सुरु गर्न खोजको बैठकमा एमाले सांससहरुले फेरी पनि हंगामा गरेका छन् । बैठक चलाउँन खोज्दा सभामुख सापकोटाको दाँत बाट पसिना आएको छ ।”

“सभामुख सापकोटका केहि दम नचले पछि उनले फेरी अर्को १५ मिनेटका लागी बैठक स्थगित गरेका छन् । एमाले सांसद माथी संविधानको व्यवस्था सम्झाउँदै आक्रामक बेनेका सापकोटा एमाले सांसद झन उग्र भए पछि बैठक स्थगित गर्न बाध्य भएका छन् ।”

“संसदको दृश्य हेरिरहका एमाले नेता विष्णु रिजालले सभामुख सापकोट माथि तिखो टिप्पणी गरेका छन् । रिजालले दाँत बाट कसरी पसिना आउँदो रहेछ आज सपाकोटाई राम्रो सँग थाहा भयो होला भन्दै प्रहार गरेका छन् ।”

“आफ्नो सामाजिक संजालमा एमाले नेता रिजालले लेखेका छन् निर्णय लिनुपर्ने वेलामा आफ्नो दायित्व बिर्सेर ‘दॉत बनाउन’ गएपछि संसद् चलाउने बेलामा तिनै दॉतबाट कसरी पसिना आउँछ भन्ने कुरा सभामुखलाई बल्ल थाहा भयो होला ।”

“एमालेले कुनै पनि हालतमा बैठक बस्न नदिने अडान लिएको छ । एमाले अध्यक्ष केपी ओलीले अग्नी सापकोटालाई सभामुख नै नमान्ने सम्मको चेतावनी दिएका छन् । १५ मिनेट पछि बस्ने बैठकलाई फेर पनि चासोका साथ हेरिएको छ ।”

तपाईको प्रतिक्रिया