“संसदमा सभामुख,को अमर्यादित,प्रस्तुती माइक, फुट्ने गरि चिच्च्याए पछि ……
2021, September 9th, Thursday

हाम्रोखबर संवाददाता

“प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको संसद बैठकमा हंगामा मच्चाएको छ । संसद घेराउ गर्दै एमाले सांसदले नारावाजी गरे पछि सभामुख अग्नी सापकोटाले १५मिनेटको लागी बैठक स्थगित गरेका छन् ।”

“बैठक सुरु हुनासाथ सभामुख सापकोटाले एमालले प्रमुख सेचेतक विशाल भट्टराई बोल्न दिएका थिए । भट्टराईले एमालेले टुक्र्याउन सभामुख अग्निप्रसाद सापकोटा प्रयोग भएको आरोप लगाएको छ ।”

“बुधबार प्रतिनिधिसभाको बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमालेले कारबाही गरेका सांसदलाई बचाउन सभामुखले भूमिका खेलेको उनले बताए ।”

“प्रमुख सचेतक बोलीसक्ना साथ एमालले संसद बैठकमा चर्को नारबाजी गरेका थिए । नाराबाजीकै विच सभामुख सापकोटाले आफुले संविधान बमोजिमनै निर्णय गरेको दावी गरेका थिए । सभामुख सापकोटालाई मतियार भन्दै एमाले सांसदले चर्को नारावाजी गरे पछि बैठक स्थगित भएको छ ।”

“आजको बैठकमा सभामुख अग्नी सापकोटा निकै अमर्यादित रुपमा प्रस्तुत भएका थिए । माइक नै फुट्ने गरि सभामुख चिच्चाएको दृश्य निकै भद्दा देखिन्थो ।”

तपाईको प्रतिक्रिया