“संसदको दृश्य हेरे,पछि रामकुमारी,झाँक्रीको, प्रतिक्रिया :’आज मलाई, बोल्नै मन छैन”
2021, September 8th, Wednesday

हाम्रो खबर संबाद दाता

“आज बाट सुरु भएको संसदको अधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नाराबाजी गर्दै संसद वैठकनै चल्न नदिएको बिषयमा नेकपा एस की नेतृ रामकुरमारी झाँक्रीले आफुलाई कुनै प्रतिक्रियानै दिन मन नभएको बताएकी छिन् ।”

“संसदका ह,त्याराहरुले हामी संसद वचाउँन निरन्तर लड्नेहरुलाई कारबाहीको माग गरेर संसद अवरोध गरेकोको बिषयमा पनि के बोल्नु यसमा कुनै तुक छैन मलाई आज प्रतिक्रियानै दिन मन छैन भन्दै झाँक्रीले झर्को मानेकी थिइन् ।”

“बोल्न मन छैन भन्दा भन्दै बोल्न थालेकी झाँक्रीले प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफ्नो औकात अनुसारको व्यवहार बुधबारको संसदमा देखाएको टिप्पणी गरेकी छन् ।प्रतिनिधिसभा बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले एमालेले बुधबार संसदमा देखाएको व्यवहार स्तरहीन भएको बताइन् ।”

“एमालेले सांसद झाँक्रीसहित १४ जना सांसदलाई गैरसांसदको संज्ञा दिएको छ । एमालेले ‘गैरसांसदलाई संसदमा राख्न पाइँदैन’ भन्दै संसदमा नारा नै लगाएको थियो ।”

“यसप्रति टिप्पणी गर्दै सांसद झाँक्रीले भनिन्, ‘संसदका ह,त्यारा र त्यसका मतियारहरुले संसद बचाउनको लागि निरन्तर लड्नेहरुलाई यो आ,रोप लगाउनु आफैंमा हास्यास्पद छ । र, यो स्तरहीन प्रदर्शन, स्तरहीन चरित्रकामाथि खासै प्रतिक्रिया दिन मन छैन ।’

‘तर, तपाईंहरुलाई ननिकालेकै, कारण एमालेले बैठक अवरुद्ध गर्‍यो नि ?’ भन्ने पत्रकारहरुको प्रश्नमा उनले थपिन्, ‘उहाँहरुको औकात अनुसारको काम गर्नुभएको छ ।’

“दुईतिहाइ बहुमतको सरकारलाई बालुवाटारबाट बालकोटको बार्दलीमा पुर्‍याएको उल्लेख गर्दै उनले भनिन्, ‘‘ उहाँहरुले आक्रोश पीडा, रिस, राग, बदला अझै केही दिन लिने नै हो । गैरराजनीतिक चरित्र प्रदर्शनले उहाँहरु नै नाङ्गिनुभएको छ ।”

“१४ जनालाई ननिकालेसम्म सदन चल्न एमालेले नदिने रे नि रु भन्ने प्रश्नमा सांसद झाँक्रीले केपी ओलीलाई लाग्यो त्यो नहुने बताइन् ।”

‘खड्गप्रसाद ओलीलाई लाग्या त हामीलाई धर्तीमा बाँच्न नदिने गर्नुहुन्थ्यो होला, तर उहाँको चाहनाले सबै कुरा हुँदैन । सदन चल्छ, सरकारले बिजनेस दिन्छ । ओलीको चाहनाले हुन्थ्यो भने त हामीलाई उभिन पनि किन दिएको भन्नुहुन्थ्यो होला । उहाँको चाहनाले हुँदैन ।’

तपाईको प्रतिक्रिया