“राम्रोसँग अध्ययन गरेर मात्रै एमसीसी,बारे धारणा बनाउँछौँ : अध्यक्ष, ओली”
2021, September 8th, Wednesday

हाम्रो खबर संबाद दाता

काठमाडौं । नेकपा (एमाल)ले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदहरुको प्रतिकृया लिँदै एमसीसीबारे तत्काल धारणा नबनाउने बताएका छन् ।”

“बुधबार एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले एमसीसी राम्रोसँग अध्ययन गरेर मात्रै धरणा बनाउने बताएका हुन् ।”

“सांसदहरुले अध्यक्ष ओलीसामु एमसीसीबारे धारणा मागेपछि उनले यसबारे बुद्धिजिवी र दलहरुको बिचार सुनेपछि मात्रै धारणा बनाउने बताएका थिए ।”

“बैठकमा अध्यक्ष ओलीलाई एमाले सांसदहरुले भने जनतको तहबाट एमसीसीको बिरोध भइरहेकोले जनताको चाहनाबिपरित नजान सुझाव दिएका थिए ।”

“सोक्रममा अध्यक्ष ओलीले जनताको धारणा र देशको हित विपरित जनाने प्रतिकृया दिएका थिए । यदी सरकारको एमसीसीबारे प्रस्ताव आए पार्टीले गहन र गम्भीर रुपमा अध्ययन र बहस गरेर मात्रै धारणा सार्वजनिक गर्ने बताएका थिए ।”

तपाईको प्रतिक्रिया