रास्ट्रपति बिध्यादेवी भण्डारिले दशैको शुभकामना संदेश दिदै, सम्पूर्ण स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर मात्रै दशैँ मनाउन आग्रह ,
2020, October 26th, Monday

admin

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना सन्देश दिनुभएको छ । उहाँले शुभकामना सन्देश जारी गर्दै सामाजिक तथा भाैतिक दुर कायम गरेर दशैँ मनाउन आग्रह गर्नुभएको छ ।

‘बडादशैँ २०७७ काे अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दछु’ – उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ ।

उहाँले चाडका बेला भीडभाड हुनसक्ने भएकाले नेपाल सरकारले तोकेको सम्पूर्ण स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर मात्रै दशैँ मनाउन आग्रह गर्नुभएको छ।

राष्ट्रपति भण्डारीले आफू र आफ्नो परिवारसमेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्बन गर्नु सबैको दायित्व हुने भएको उल्लेख गर्दै विजयदशमी,

२०७७ ले हामी सबैमा नयाँ उत्साह, उमंग, जोस र जाँगर थप्ने विश्वासका साथ उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले ब’डादशैँले क्रोध, लो’भ, अ’न्याय, अ’त्याचार, रो’ग, व्याधि तथा भो’क र शो’कले व्या’प्त अनेक अस’त्यताको अन्त्य गर्दै सामाजिक एक’ता, आपसी सद्भाव र भ्रा’तृत्व अभिवृद्धिमा टेवा पुग्नेमा विश्वास बिस्वास गर्नुभएको छ ।न्युज२४ बाट

तपाईको प्रतिक्रिया