“गृहमन्त्री बालकृष्ण, खाँणको पुत्ला द’हन’
2021, September 6th, Monday

हाम्रो खबर संबाद दाता

“नेकपा(एकीकृत समाजवादी) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरेको छ।सत्तारूढ गठबन्धनभित्रैको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट नेपाल स्वतन्त्र विद्यार्थी युनियनले गृहमन्त्री खाँणले वाक स्वतन्त्रतालाई कु’ण्ठित गर्नेगरी भारतको वि’रोध नगर्न विज्ञप्ति’ जारी गरेको भन्दै सोमबार गृहमन्त्री खाँणको पुत्ला द’हन गरेको हो। ”

“अनेरास्ववियु विश्वविद्यालय राष्ट्रिय कमिटीहरूको आयोजनामा नेपाल कमर्श क्याम्पस मिनभवनमा गृहमन्त्रीको पुत्ला दहन गर्दै वि’रोध प्रदर्शन गरिएको हो।”

“प्रदर्शनमा नाराबाजीसहित एमसिसी सम्झौताको पनि चर्को विरोध गरिएको थियो। विरोध प्रदर्शनमा बोल्दै अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले हिजो तानाशाहवि’रूद्ध ल’डेका गृहमन्त्रीलाई कुन प्रभुले सिकाएर विज्ञप्ति लेख्ने आँट आयो भन्ने प्रश्न गरे।”

“उनले गृहमन्त्री खाँणले ‘भारतलाई रिझाउनका लागि विज्ञप्ति निकालिएको बताए।प्रधानमन्त्री शेरबहादुर देउवा आफूहरूकै समर्थनमा प्रधानमन्त्री बनेको भए पनि एमसिसी सम्झौता पारित गर्ने पहल गरेको भन्दै उनले एमसिसी सम्झौता स्वीकार्य नहुने स्पष्ट पारे।”

“उनले भने, ‘हामी बालकृष्ण खाँणलाई सोध्न चाहन्छौं, हिजो राजाको वि’रूद्धमा ल’ड्दै गर्दा हिजो केपी ओलीले तानाशाही कदम चाले, संविधान च्याते, संसद भत्काए भन्ने बालकृष्ण खाँणलाई यो कुन चाहिँ प्रभुले सिकाएर यो विज्ञप्ति लेख्न तपाईंलाई आँट आयो ? किन यस्तो भारतलाई रिझाउने र नरेन्द्र मोदीको गु’लाम गर्ने विज्ञप्ति निकाल्नु हुँदैछ ? प्रधानमन्त्री देउवा हाम्रै बलमा प्रधानमन्त्री हुनुभएको छ। एमसिसी जस्तो राष्ट्रघाती सम्झौता गर्ने पहल गरिरहनुभएको छ। एमसिसीजस्तो राष्ट्रघाती सम्झौता किमार्थ सम्भव छैन। राष्ट्रघाती सम्झौता स्वीकार्य छैन।’

“प्रदर्शनमा गृहमन्त्री राजीनामा दे, एमसिसी खारेज गर, भारतीय विस्तारवाद मु’र्दावाद, रा’ष्ट्रघाती सम्झौता खारेज गर, सीमा अतिक्रमण बन्द गर, जयसिंह धामीलाई न्याय दे भनी नाराबाजी समेत गरिएको थियो।”

तपाईको प्रतिक्रिया