“भूलचुकले मेरो कपाल, फुल्यो तर म युवा हुँ : ओली”
2021, September 6th, Monday

हाम्रो खबर संबाद दाता

“काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूलचुकले आफ्नो कपाल फुले पनि आफू युवा नै रहेको बताएका छन् ।”

“सोमबार युवा संघद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टीमा प्रवेश गरेकाहरुलाई हौसला दिँदै आफ्नो कपाल भूलचुकले फुले पनि आफू युवा नै रहेको बताए ।”

“उनले भने, ‘भुलचुकले कपाल फुल्यो त्यो बेग्लै कुरा हो तर, म आफूलाई युवा नै ठान्दछु । तपाईहरु युवा संघबाट युथ फोर्समा प्रवेश गर्दै हुनुहुन्छ । तपाईले देशका लागि काम गर्ने अठोट राख्नुभएको छ । अब तपाईले झूठ कुरा बोल्नुपर्दैन, साँचो कुरा ढाकछोप गर्नुपर्दैन ।”

“एमालेप्रति जनताको अथाह विश्वास रहेको पनि उनले कार्यक्रममा सुनाएका छन् । उनका अनुसार एमाले सरकारमा रहनुमा अर्थ राख्दैन ।”

‘एमाले सरकारमा, हुनु र नहुनुमा फरक देशलाई पर्छ । विकासमा पर्छ, राष्ट्रियतामा पर्छ तर, जनताको एमालेप्रतिको विश्वासमा फरक पार्दैन । आफ्ना देशभक्ती नीति र अडानका कारण । आज हजारौँ साथीहरु युवा संघ (नेकपा एमाले) मा प्रवेश गर्नुभएको छ,’ उनले भने ।”

तपाईको प्रतिक्रिया