“बाढीले लघुजल,विद्युत परियोजना,को विद्युत, गृह बगायो”
2021, September 6th, Monday

हाम्रो खबर संबाद दाता

म्याग्दी । म्याग्दीमा बाढीले लघुजलविद्युत परियोनाको विद्युत गृह बगाएको छ । गयराती परेको अविरल बर्षा संगै आएको बाढीले म्याग्दीको धवलागिरी गाउँपालिका–२, लुलाङ स्थित दरखोला दोस्रो लघुजल विद्युत परियोजनाको विद्युत गृह बगाएको गाउँपालिका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो ।”

“उहाँका अनुसार दरखोलामा आएको बाढीले ४५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युतको विद्युत गृह बगाउँदा करिब १ करोड ५० लाख बढीको क्षति भएको छ ।”

“बाढीले विद्युत गृह बगाएपछि ३ सय ७८ घरधुरी अन्धकारमा बस्न बाध्य छन् । २०७२ साउनमा पहिरोले उक्त लघुजलविद्युतका विद्युतगृह,पाइप र नहर बगाएपछि २०७५ मा बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको ८६ लाख रुपैयाँ ,गाउँपालिकाको ५० लाख , र स्थानीय बासीको जनश्रमदानबाट पुननिर्माण गरिएको हो ।”

“यसअघि जुगेपानीमा रहेको उक्त परियोजना पहिरोले क्षति पुरयाएपछि मरेनीको फेदीमा स्थानान्त्रण गरिएको थियो ।”

तपाईको प्रतिक्रिया