“माधब नेपालको एकीकृत, समाजवादी पार्टी खारेज हुन्छः रघुवीर महासेठ”
2021, September 6th, Monday

हाम्रो खबर संबाद दाता

“नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले पदकै लागि माधवकुमार नेपालले पार्टी फुटाएको आरोप लगाएका छन् ।”

“नेकपा एमालेद्वारा जनकपुरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता महासेठले माधव नेपालमाथि आक्रोश पोख्दै भने– विदेशी शक्तिले पार्टी फोड्न लगाएर माधव नेपाललाई हतियार बनायो ।”

“दुवै टक माधव नेपालकै कारण तत्कालीन प्रधानमन्त्री केपी ओली संसद विघटन गर्न बाध्य भएको नेता महासेठले बताए । ‘यदि २२ सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव नगरेको भए दोस्रोपटक संसद विघटन हुने थिएन’, उनको भनाइ थियो ।”

तपाईको प्रतिक्रिया