admin 281 Views
काठमाडौं ।नेपालरेल्वे कम्पनी लिमिटेडमा नियुक्त गरिएका ज्यालादारी कर्मचारी हटाइएको छ । हटाइएका कर्मचारीले भने आन्दोलनको धम्की दिएका छन् ।नेपाल रेल्वे कम्पनी लिमिटेड अन्तर्गत ज्या¥लादारीमा रहेका कर्मचारी अवैधानिक ढंगले नियुक्त गरिएको भन्दै हटाइएको हो । तलब बुझ्ने बाहेक ती कर्मचारीको कुनै काम नभएको भन्दै उनीहरुलाई हाजिर
गर्नबाट रोकिएको छ ।ज्यालादारीमा नियुक्त गरी कानून विपरीत सेवा सुविधा पाउँदै आएका सयौं कर्मचारीलाई नवनियुक्त प्रवन्ध सञ्चालक निरञ्जन कुमार झाले एक सूचना प्रकाशित गर्दै हटाइएको जा¥नकारी दिएका हुन् । झाले रेल सञ्चालनको टुङ्गो नलागेको अवस्थामा नियुक्त गरिएका विभिन्न पदका १५१ जना ज्यालादारी कर्मचारीलाई हटाइएको जानकारी दिए । उनले ज्यालादारीका कर्मचारीलाई आफूखुशी हाजिर नगर्न सूचनासमेत जारी गरेका छन्।
सूचनामा तत्कालीन व्यवस्थापनबाट ज्यालादारी काममा खटाउने भनिएका कर्मचारीलाई आफुखुशी दैनिक रुपमा हाजिर नगर्न र कामबिना नै त्यस्ता कर्मचारीलाई ज्याला रकम भुक्तानी गर्न कानूनले नमिल्ने प्रस्ट पारि¥एको छ ।नेपाल रेल्वे कम्पनीका पूर्व महाप्रबन्धक गुरू भट्टराईले अवैधानिक ढंगले रेल्वेमा आफूखुशी कर्मचारी नियुक्त गरेका थिए । काम नगरे पनि उनको तोक आदेशमा कर्मचारीले ज्याला पाउँदै आएका थिए ।
नवनियुक्त प्रवन्ध सञ्चालक झाले भने, ‘कामै नगरी ज्यालादारीका कर्मचारीले ज्याला पाउने कानूनी प्रावधान नै छैन त्यसैले उनीहरूलाई हटाइएको हो । अब रेल चल्ने निश्चित भएपछि लोकसेवा आयोगको अनुमति लिएरमात्र कर्मचारी भर्ना गरिने छ ।’
यता रेल्वे कम्पनीबाट हटाइएका ज्यालादारी कर्मचारीले प्रवन्ध सञ्चालक झाको वि¥रोध गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । ज्यालादारी कर्मचारीहरुले प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलामार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल रेल विभाग र नेपाल रेल्वे कम्पनी लिमिटेडलाई समेत ज्ञापनपत्र बुझाएका छन् ।
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)