ओलीको पार्टी छाडेर माधव नेपालको पार्टीमा जानेहरुको संख्या बढ्दो
2021, September 5th, Sunday

admin

धनकुटा – ध’नकुटामा नेकपा (एमाले)का पाँच जना जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छन् । आइतबार जिल्ला निर्वाचन कार्यालय धनकुटामा पुगेर उनीहरूले एमाले पार्टी छाड्दै नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका हुन् ।

जिल्ला निर्वाचन अधिकृत स¥फल पोर्तेलले पाँच जना जनप्रतिनिधिले सनाखतका गरेको भए पनि निर्वाचन आयोगको निर्देशनअनुसार विवरण बताउन नमिल्ने बताए । यता, नवगठित एकीकृत समाजवादी पार्टीका धनकुटा अध्यक्ष अर्जुन राईले पाँच जनाले एमाले परित्याग गरेर एकीकृत समाजवादी रोजेको जानकारी दिए ।

राईका अनुसार एकीकृत समाजवादीमा जानेमा जिल्ला समन्वय समितिकी उपप्रमुख बंगला राई, पाख्रिबास नगरपालिका- ४ का वडा अध्यक्ष सो¥भित निरौला, साँगुरीगढी गाउँपालिका- ३ का वडा अध्यक्ष राजकुमार राई, महालक्ष्मी नगरपालिका- २ का सुरेन्द्र पौडेल र साँगुरीगढी गाउँपालिका- ३ का वडा सदस्य तिलविक्रम लिम्बू रहेका छन् ।

नेकपा एमालेका तर्फबाट धनकुटाका स्थानीय तहका जनप्रतिनिधि निर्वाचित उनीहरूले पार्टी विभाजनसँगै आइतबार औपचारिक रूपमा जिल्ला निर्वाचन कार्यालय धनकुटामा उपस्थित भएर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्दै सनाखत गरेका हुन् । सरकारले हालै ल्याएको दल वि¥भाजनसम्बन्धी अध्यादेशमा प्रदेशसभा सदस्य र स्था¥नीय तहका जनप्रतिनिधिले २१ दिनसम्म विभाजनबाट बनेको दल रोज्न पाउने व्यवस्था राखिएको छ।

निर्वाचन आयोगले दल बदल्न चाहने स्थानीय तहका जनप्रतिनिधिका लागि जिल्ला स्थित निर्वाचन कार्यालयमा २२ भदौभित्र स¥नाखत गराउनुपर्ने जनाएको छ। यस्तै, एकीकृत समाजवादीका धनकुटा अध्यक्ष राईले अन्य केही जनप्रतिनिधिले २२ गतेसम्ममा एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने जानकारी दिए ।

तपाईको प्रतिक्रिया