हाम्रोखबर संवाददाता 259 Views
“काठमाडौं– एमाले विभाजन भएपछि माधव नेपाललाई विभिन्न आ’रोप लगाइरहेका एमाले उपाध्यक्ष भीम रावलले आफ्नै जिल्लाका धेरैजसो जनप्रतिनिधिलाई भने रोक्न सकेका छैनन् । रावलको जिल्ला अछाममा १२ जना जनप्रतिनिधिले नेकपा एमाले परित्याग गर्दै नेकपा एकीकृत समाजवादीमा सनाखत गरेपछि रावल थप तनावमा परेका छन् ।”
“रावलले एमालेमै रोक्न अथक प्रयास गर्दापनि आइतबारसम्म एक नगरप्रमुख, एक उपप्रमुख, एक वडा अध्यक्ष र नौ जना वडा सदस्य गरी १२ जनाले निर्वाचन कार्यालय पुगेर समाजवादीमा सनाखत गरेका छन् । आफ्नै जिल्लामा पनि जनप्रतिनिधि रोक्न नसकेपछि’ रावल थप संकटमा परेका छन् ।”
“एमालेका एक नेताका अनुसार रावलले काठमाडौंमा ठुला ठुला भाषण गरेपनि आफ्नै जिल्लाका जनप्रतिनिधि भटाभट नयाँ पार्टीमा जान थालेपछि संकटमा परेको बताए । उनका अनुसार अछामकै जनप्रतिनिधि रोक्न नसकेको भन्दै रावलको एमालेमै ओली समूहका नेताहरूले आलोचना गर्न थालेका छन् ।”
“साँफेबगर नगरपालिका प्रमुख कुलबहादुर कुँवर, उपप्रमुख विर्मलादेवी बुडथापा, चौरपाटी गाउँपालिका–४ पायलका वडा अध्यक्षले समाजवादीमा सनाखत गरेका हुन्।”
“अहिलेसम्म १२ जनाले समाजवादीमा सनाखत गर्नुभएको छ’, निमित्त निर्वाचन अधिकारी गजेन्द्रबहादुर थारूले भने। माधवकुमार नेपालको नेतृत्वमा जाने अधिकांश जनप्रतिनिधि वडा सदस्य रहेका छन्। साँफेबगर नगरपालिकामा एमालेबाट विजयी आठवटै वडा अध्यक्षहरूले मूल पार्टीमै रहेको विज्ञप्ति शुक्रबार निकालेका थिए।”अछाम–१ का प्रतिनिधिसभा सदस्य तथा एमालेका उपाध्यक्ष भीमबहादुर रावल र अछाम–२ का प्रतिनिधिसभा सदस्य यज्ञ बहादुर बोगटी नेकपा एमालेमै रहेका छन्।”
“राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवर, नेकपा एमाले अछाम-२ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य बलबहादुर सोडारी, प्रदेशसभाका समानुपातिक सदस्य मनाकुमारी साउँद र दुर्गा कामीले नेकपा समाजवादीमा गएका छन्।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)