“दोस्रो,मैत्री,पूर्ण, खेलमा नेपाल २–१ ले पराजित”
2021, September 5th, Sunday

हाम्रो खबर संबाद दाता

काठमाडौं :-“भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल २–१ ले पराजित भएको छ । प्रतिस्पर्धात्मक खेलको ६२ औँ मिनेटमा फरुक चौधरीले भारतबाट, गोल गरेका थिए । सुनिल क्षेत्रीले ८० मिनेटमा भारतको अग्रता दोब्बर पारे । ८७ मिनेट,मा तेज तामाङले नेपालबाट गोल फर्काए पनि त्यसपछि कुनै गोल हुन नसक्दा भारत विजयी भयो ।”

“दुई टोलीबीचको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा टुङ्गिएको थियो । भारतविरुद्ध नेपालले अहिलेसम्मका २१ भेटमध्ये केवल दुई खेल मात्रै जितेको छ । आइतबारको नतिजासँगै १४ खेल भारतले जित्यो भने पाँच खेल बराबरीमै टुङ्गिएको छ ।”

“सुनिलले शान,दार गोल गरे, सेलिब्रेशन गरेनन्

“नेपाली मूलका भारतीय खेलाडी सुनिल क्षेत्रीले नेपालविरुद्ध आफ्नो करियरकै सुन्दर गोल गरे । नेपालविरुद्ध उनले गरेको यो पाँचौँ गोल हो । तर दशरथ रङ्गशालामा उनले नेपालविरुद्ध गरेको यो पहिलो गोल हो । मैत्रीपूर्ण खेलको ८० मिनेटमा गोल गर्दै भारतलाई २–० ले अघि बढाएका सुनिलले उक्त गोलको खुसीयाली भने मनाएनन् ।”

“जबकि उनले मैदानको मध्य भागबाटै बललाई अघि बढाएर निकै शानदार फिनिसिङ गरेका थिए । सुनिलकी आमाले कुनै समय नेपालको  महिला टोलीबाट खेलेकी थिइन् । सुनिलका हजुरबा नेपालको ताप्लेजुङ जिल्लाबाट बेलायती–भारतीय सैनिकमा भर्ती हुन गएका थिए ।-“

तपाईको प्रतिक्रिया