“नेपाल,विरूद्ध भारतको दोस्रो गोल नेपाल् को १ गोल”
2021, September 5th, Sunday

हाम्रो खबर संबाद दाता

“काठमाडौंको दशरथ रंगशालामा जारी खेलमा भारतले नेपालविरूद्ध दोस्रो गोल गरेको छ। भारतका कप्तान सुनिल क्षेत्रीले नेपालविरूद्ध गोल गरेका हुन्।”

“भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले तीन परिवर्तन गरेको थियो। अघिल्लो खेल खेलेका अन्जन विष्ट, सुमन अर्याल र नवयुग श्रेष्ठ आजको खेलमा पहिलो रोजाइमा छैनन्।  सुजल श्रेष्ठ, मनिष डाँगी र आसिस लामाले पहिलो रोजाइमा स्थान पाएका छन्।”

“नेपाल र  भारतले आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेका हुन्।यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो।”

“खेलमा नेपालले अग्रता लिए पनि भारतले बराबरी गोल फर्काएको थियो। नेपालका लागि अञ्जन विष्टले गोल गर्दा भारतका अनिरुद्ध थापाले बराबरी गोल फर्काएका थिए”

“भारतसँगको मैत्रीपूर्ण खेलमा नेपालले गोल फर्काएको छ । २-० ले पछि परेको अवस्थामा ५६ औं मिनेटमा नेपालका लागि तेज तामाङले गोल गरेका हुन् ।”

तपाईको प्रतिक्रिया