हाम्रोखबर संवाददाता 334 Views
“काठमाडौँ: भारतीय योग गुरु तथा कुशल प्रवचक सद्गुरुले नेपाल प्राकृतिक सौन्दर्यले भरिएको भन्दै विश्व समुदायलाई नेपाल घुम्नका लागि आह्वान गरेका छन् । मानसरोवरको भ्रमणपछि राजधानी फर्किएका सद्गुरुले पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।”
“उनले नेपालको प्राकृतिक सौन्दर्यको वर्णन गर्दै अर्को स्वर्ग खोज्नु नपर्ने बताए । हुम्लाको लिमी उपत्याका, तिप्ताला हुँदै कैलाश पर्वत र मानसरोवनको अवलोकन गरी काठमाडौँ आएका उनले नेपालले आगामी १० वर्षमा पर्यटनमा फड्को मार्नसक्ने बताए । चीन प्रवेश नगरिकनै नेपालकै मार्ग भएर मानसरोवर पुगेको यो पहिलो यात्रा समेत थियो ”
“नेपालसँग प्रकृति र संस्कृति छ । नेपाल आउँदा मलाई मन र शरीरमा साकारात्मक उर्जा पैदा हुन्छ । त्यसैल म १५ वर्षदेखि लागातार आउँदैछु । नेपालको प्राकृतिले मानिसलाई आन्नदित बनाउँछन्, शान्ति प्रादन गर्छ । प्राकृतिक सुन्दरतालाई वर्णन गर्ने मसँग कुनै शब्द छैन’ सद्गुरुले भने ।”
“अरु मुलुक औद्योगिक, प्राविधिक रुपमा विकसित रहेको भन्दै उनले थपे, ‘नेपाल आध्यात्मिक, धार्मिक र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । हामीले संसारको सबै मुलुकलाई औद्योगिक मुलुकको रुपमा विकास गरिराख्नु जरुरी छैन । साास्कृतिक, प्राकृतिक र पर्यटकीय मुलुक बनाउन पनि जरुरी छ । जुन सम्भावना नेपालसँग मात्रै छ ।’”
“नेपालको सौन्दर्यलाई नजिकबाट महसुश गर्नेलाई स्वर्ग गइराख्नु नपर्ने उनको भनाइ थियो । उनले भने ‘आँखा खोलेर हेर्नुस् नेपाल सुन्दर छ । नेपाललाई महसूश जसले गर्छ उसले स्वर्गको खोजी गरिराख्नु पर्दैन । मलाई बेलायत, अमेरिका, युरोप त्यतिधेरै घुम्न मन पर्दैन जति नेपाल घुम्न मन पर्छ ।'”
“यस्तै नेपालले आफ्नो सौन्दर्य जोगाइराख्न सकेमा नेपालको सुन्दर भविष्य भएको उनले बताए । तर कुनै पनि राजनीतिक हस्तक्षेप विना नेपालको संस्कृति, आध्यात्मिक, धार्मिक र प्राकृतिक पक्षहरुको संरक्षण गर्नुपर्ने उनको सुझाव थियो । नेपालको हिमाली क्षेत्रसँगै पहाड पर्वतले पनि पर्यटकलाई आकर्षण गर्ने बताए । यहाँका बासिन्दा, संस्कृति, प्राकृतिक सुन्दरता र शान्तपूर्ण वातावरणले झनै उत्सुक बनाउने उनले बताए ।”
“उनले अघि थपेका छन् ‘सगरमाथाको विशेषता आफैँ ठूलो छ । तर, सबै सगरमाथा पुग्न कठिन हुन्छ । साना पहाड र पर्वतमा धेरै मान्छे जान सक्छन् । त्यसैले यसको विकास गर्नु पर्छ ।’ साहसिक पर्यटन वाहेकका पर्यटकलाई पनि नेपालले आकर्षित गर्नुपर्ने उनले बताए ।”
“समग्रमा नेपालको सांस्कृतिक, आध्यात्मिक, धार्मिक, प्राकृतिक आधारमा नेपालको पर्यटकीय विकास निकै महत्वपूर्ण रहेको उनले सुझाव दिए । ‘भारत भन्दा नेपालसँग परम्परागत संस्कृति छ । भक्तपुर प्राचिन सहर हो । यस्ता सहरहरु निर्माण गर्दै जानु पर्छ’ उनले भने । सगरमाथासँगै साना हिमालहरुलाई पनि प्रचार गरेर पर्यटक आकर्षित गर्नुपर्ने उनको धारणा थियो ।”
“सद्गुरुले भारतमा आधुनिकताले संस्कृति गुमाएको सन्दर्भ जोड्दै नेपालमा पनि त्यस्तै जोखिम रहेको भन्दै सचेत गराएका थिए । नेपालले संस्कृति नगुमाई विकासको बाटो समात्नुपर्ने बताएका थिए । उनले भनेका छन्, ‘म पहिला पनि काठमाडौँ आउन चाहन्थेँ । काठमाडौँ प्राचिन र देवताहरुको सहर हो । तर दूर्भाग्यवश काठमाडौँ अहिले सुकुम्बासी बस्ती जस्तै देखिन्छ । जनसंख्या र बासस्थान बढ्दैछ । योजनाविना विकास गरिएको सहरको यो मुख्य समस्या हो ।”
“सहरलाई व्यवस्थित र आधुनिक देखाउन चक्रपथ निर्माण गरिएको छ । अब हिमालयन क्षेत्रमा धार्मिक र पर्यटकीय सहरको स्थापना गर्दा योजनाबद्ध तरिकाले विकास गर्नु निकै महत्वपूर्ण छ । हैन भने प्राकृतिक विनास जुनसुकै बेला आउन सक्छ, यो जोखिम कायम नै छ । अब दोस्रो केदारनाथको दूर्दशा देख्नुनपरोस् ।’ भारतीय चर्चित सद्गुरु दुई साताका लागि नेपाल भ्रमणमा आएका हुन् । ९ दिनको मानसरोवर यात्रापछि यतिबेला काठमाडौँमा छन् ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)