१९ वर्षीया स्वस्तिका महतले रचिन् ईतिहास, देशभरका कांग्रेसीहरु बने उत्साहित !
2021, September 5th, Sunday

admin

काठमाडौं ।दैलेखमा सत्तारुढ नेपाली कांग्रेसले एक १९ वर्षीया किशोरीले ईतिहास रचेकी छन् । उनलाई पार्टीले वडा समिति सभापतिमा निर्वाचित गरेपछि देशभरका कांग्रेसीहरु समेत उत्साहित बनेका हुन् ।शुक्रबार भएको वडा अधिवेशनमा दैलेखको दुल्लु नग’रपालिका वडा नम्बर ३ मा १९ व’र्षीया स्वस्तिका महत सभापतिमा निर्वाचित भएकी हुन् । स्वस्तिका दैलेखका कांग्रेस नेता स्वर्गीय नेता भुपेन्द्र महतकी छोरी हुन् । कांग्रेसले उनलाई सर्वसम्मतले वडा सभापति बनाएको हो ।

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत शुक्रबार ४१ जिल्लामा वडा अधिवेशन भएको छ । केन्द्रीय निर्वाचन स’मितिका सदस्य एगराज पोखरेलले शुक्रबार साँझसम्म ४१ जिल्लाका सबै वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भइसकेको जा’नकारी दिए ।वडा देखि केन्द्रीय सभा’पति सम्मका पदमा निर्वाचन गरेर नयाँ नेतृत्व स्थापित गर्न कांग्रेसी का’र्यकर्ताहरु कम्मर कसेर लागेका छन् । महाधिवेसन भनेको पार्टीलाइ चलायमान बनाउने राष्ट्रिय चाड र महोत्सव समेत मानिन्छ ।

यो पनि,,,“७६१ वटा सिंहदरबार देशले थेग्न सक्दैन, यो संघीयता खारेज गरौँ” – प्रभु साह ,,काठमाडौं – पूर्वमन्त्री प्रभु साहले ७६१ सिंहदरबारको भार देशले थेग्न नसक्ने भन्दै यो संघीयता खारेज गर्नु पर्ने बताएका छन् ।शनिबार काठमाडौंमा आ’योजित काठमाडौं-प्रदेश २ सम्पर्क मञ्चसँगको छलफल’का क्रममा पूर्व’मन्त्री साहले नेपालको सन्दर्भमा ७६१ वटा सरकार रहने व्यव’स्था लादेर मुलुकलाई अस्तव्यस्त बनाएको टिप्प’णी गर्दै संघीयता खा’रेज गर्नु पर्ने बताएका हुन् ।क्षे’त्रफलमा विशाल र आ’र्थिक रूपमा अग्रस्थानमा रहेका देशहरूमा ५०/६० वटा मात्र सरकार रहेको भन्दै उनले नेपालमा गलत ढंगले सयौं सरकार जन्मा’इएको बताए ।

उनले संसारमा कहिँ पनि नभएको ७६१ वटा सरकार नेपालमा मात्र रहेको, शासक वर्गलाई आर’क्षण नेपा’लमा मात्र रहेको, पक्षपातपूर्ण राजस्व बाँडफाड नेपालमा मात्र रहेको, अरु देशको नागरिकता लिइसकेको व्यक्तिलाई पनि नागरिकता दिनेजस्ता व्यवस्थाहरू नेपालमा मात्र रहे’कोले देशलाई खोक्रो बनाउने कार्य भइरहेको टिप्पणी गरे ।‘संसारमा काहिँ नभएको तीन तहको सरकार नेपालमा छ । दर्जनौ संवैधा’निक निकाय नेपालमा मात्र छन् । संसारमा काहिँ न’भएको शासक वर्ग’लाई आरक्षण नेपालमा छ।

पक्षपातपूर्ण राजस्व बाँडफाड नेपालमा मात्र छ । अरु देशको नागरिकता लिइसकेको व्यक्तिलाई पनि नागरिकता दिने व्यवस्था नेपालमा छ । देशलाई खो’क्रो ब’नाउने यस्ता व्यवस्था राखेर महान कार्य गर्यौ भन्न अलिकिति पनि लाज नमान्नेहरू पनि छन्’, पूर्वमन्त्री साहले भने ।पूर्वमन्त्री प्रभु सा’हले संविधा’नसभाबाट संवि’धान जारी गर्ने समयमा नै यो संविधानले देशको भलाई गर्न नसक्ने भन्दै संविधानमा हस्ताक्षर नगरी संघर्ष गएका थिए ।

यो पनि,,,,रामकुमारी झाँक्रीको प्रश्न : राष्ट्रघाती महाकाली सन्धिमा भीम रावलको पोजिसन के थियो ?काठमाडाैँ ।माधव नेपा’ल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)की नेत्रृ रामकुमारी झाँक्रीले एमसीसीको बिरोधमा उत्रिएको भन्दै एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावलको चर्को आलोचना गरेकी छन् ।ओलीले आफू नेतृत्वको सरकारको पालामा ए’मसीसी पास गर्न मरिमेटेर लागेको दावी गर्दै नेतृ झाँक्रीले अहिले त्य’सको बिरो’धमा उ’भिएकोमा आ’क्रोश समेत व्यक्त गरिन् ।

शनिबार सुनसरीको इनरुवामा आयोजित पार्टीको प्रथम नगर कमिटीको भेलामा बोल्दै उहाँले महाकाली सन्धिमा समेत राष्ट्रघात गरेका ओली र रावलले राष्ट्रवादलाई आफूलाई पायक पर्नेगरी ब्याख्या गर्ने गरेकाले पनि नयाँ पार्टी गठन गरेर अघि बढनु परेको तर्क गरिन् । उनले भनिन्, ‘खडग ओली हिजो एमसीसी पास गर्न कन्दनी सुक्र्याएर लागि परेको मान्छे आज एमसीसीको विरोध गर्दैछन ।

त्यसकारण पायक पर्दाको ब¥खत बोलिने राष्ट्रवाद । कमरेड भीम रावल आज एमसीसीको विरुद्धमा जसरी बोल्दैछन । मलाई सम्झना छ–५३ सालमा यो भन्दा ठूलो राष्ट्रघाती सन्धि महाकाली सन्धि भएको थियो । भीम राव¥लको पोजिशन के थियो ? कमरेड खडगप्रसाद ओलीको पोजिशन के थियो ? महा¥काली सन्धिका बेला ।’नेतृ झाँक्रीले ओलीको ने¥तृत्वमा रहेको एमालेको हालत सदभावना पार्टीको जस्तै हुने टिप्पणी समेत गरिन् । उनले कम्युनिष्ट आन्दोलनलाई सत्या¥नाश बनाउने बाटोमा अघि बढेका ओलीले मुलुकलाई नै विघटनको दिशामा लैजाने प्रयास गरेपछि आफूहरुले सत्ताबाट हटाएको पनि पटकपटक दोहो¥याइन् ।

तपाईको प्रतिक्रिया