रामकुमारी झाँक्रीको प्रश्न : राष्ट्रघाती महाकाली सन्धिमा भीम रावलको पोजिसन के थियो ?
2021, September 5th, Sunday

admin

काठमाडाैँ ।माधव नेपा’ल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)की नेत्रृ रामकुमारी झाँक्रीले एमसीसीको बिरोधमा उत्रिएको भन्दै एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावलको चर्को आलोचना गरेकी छन् ।ओलीले आफू नेतृत्वको सरकारको पालामा ए’मसीसी पास गर्न मरिमेटेर लागेको दावी गर्दै नेतृ झाँक्रीले अहिले त्य’सको बिरो’धमा उ’भिएकोमा आ’क्रोश समेत व्यक्त गरिन् ।

शनिबार सुनसरीको इनरुवामा आयोजित पार्टीको प्रथम नगर कमिटीको भेलामा बोल्दै उहाँले महाकाली सन्धिमा समेत राष्ट्रघात गरेका ओली र रावलले राष्ट्रवादलाई आफूलाई पायक पर्नेगरी ब्याख्या गर्ने गरेकाले पनि नयाँ पार्टी गठन गरेर अघि बढनु परेको तर्क गरिन् । उनले भनिन्, ‘खडग ओली हिजो एमसीसी पास गर्न कन्दनी सुक्र्याएर लागि परेको मान्छे आज एमसीसीको विरोध गर्दैछन ।

त्यसकारण पायक पर्दाको ब¥खत बोलिने राष्ट्रवाद । कमरेड भीम रावल आज एमसीसीको विरुद्धमा जसरी बोल्दैछन । मलाई सम्झना छ–५३ सालमा यो भन्दा ठूलो राष्ट्रघाती सन्धि महाकाली सन्धि भएको थियो । भीम राव¥लको पोजिशन के थियो ? कमरेड खडगप्रसाद ओलीको पोजिशन के थियो ? महा¥काली सन्धिका बेला ।’

नेतृ झाँक्रीले ओलीको ने¥तृत्वमा रहेको एमालेको हालत सदभावना पार्टीको जस्तै हुने टिप्पणी समेत गरिन् । उनले कम्युनिष्ट आन्दोलनलाई सत्या¥नाश बनाउने बाटोमा अघि बढेका ओलीले मुलुकलाई नै विघटनको दिशामा लैजाने प्रयास गरेपछि आफूहरुले सत्ताबाट हटाएको पनि पटकपटक दोहो¥याइन् ।

तपाईको प्रतिक्रिया