“दल फुटाउन सजिलो हुने,अध्यादेश २३ भदौपछि निष्कृय बनाइने”
2021, September 4th, Saturday

हाम्रो खबर संबाद दाता

“काठमाडौं, १९ भदौ । सरकारले २३ भदौमा संसदको अधिवेशन बोलाउन सिफारिश गरेको छ । अधिवेशन सिफारिश राष्ट्रपति विद्यादेवी भण्डारीबाट सदर भई आव्हान भएपछि २३ भदौबाट दल फुटाउने गरी ल्याइएको अध्यादेश निष्कृय बनाउने तयारी भएको छ ।”

“दल विभाजन सजिलो, बनाउने गरी राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न अध्यादेश ल्याइएको थियो । संविधानमा संसदको अधिवेशन नभएको अवस्थामा मात्र अध्यादेश ल्याउन पाइन्छ ।”

“संविधानको धारा ११४ अनुसार संघीय संसदको दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल, केही गर्न आवश्यक परेमा मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्नेछ । तर, त्यस्तो प्रत्येक अध्यादेश जारी भएपछि संसदको दुवै सदनमा पेश गरिनेछ र दुवै सदनले स्वीकार नगरेमा स्वतः निष्क्रिय हुनेछ ।”

“सदन वा राष्ट्रपति,बाट निष्क्रिय वा खारेज नभएमा ६० दिनभित्र स्वतः निष्क्रिय हुने व्यवस्था छ ।सरकारले अध्यादेश संसदमा पेश गरेर निष्क्रिय बनाउने तयारी गरेको बुझिएको छ ।”

तपाईको प्रतिक्रिया